Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदुई चिनियाँ कम्पनीले बंगलादेशमा पौने ३ करोड डलर लगानी गर्ने

दुई चिनियाँ कम्पनीले बंगलादेशमा पौने ३ करोड डलर लगानी गर्ने


ढाका ।
दुईवटा चिनियाँ कम्पनीले बंगलादेशमा २ करोड ८६ लाख अमेरिकी डलरबराबर लगानी गर्ने भएका छन् । स्थानीय मिडियाहरुका अनुसार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), स्टिल उपकरण र रेडिमिक्स कन्क्रिटको उत्पादन युनिटमा दुई चिनियाँ कम्पनीले उक्त लगानी गर्नलागेका हुन् । यसका लागि बंगलादेश आर्थिक क्षेत्र प्राधिकरण (बेजा)सँग आज सम्झौता हुने द डेलिस्टार अनलाइनले जनाएको छ । उक्त कारखाना बंगबन्धु शेख मुजिब शिल्पानगरमा स्थापना हुनेछ । बेजाका कार्यकारी प्रमुख पवन चौधरीले यो लगानीलाई महामारीको समयमा निकै उत्साहवर्द्धक भनेका छन् ।

यसले अन्य विदेशी लगानीकर्ताको ध्यान खिच्ने र व्यवसायमैत्री वातावरणलाई अझ मजबुत बनाउने उनको भनाइ छ । कारखानाको लागि आवश्यक जग्गाको प्रबन्ध ६ महिनाभित्र गरिसक्ने चौधरीले बताए । करिब १० एकड जग्गा चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन (सीसीईसीसी)को सब्सिडरी कम्पनी सीसीईसीसी बंगलादेशले लिनेछ । यो कम्पनीले १ करोड ५९ लाख अमेरिकी डलर लगानी गर्नेछ भने साढे ३ सय जनालाई रोजगारी दिनेछ । त्यस्तै ८ एकड जग्गा जिहोङ मेडिकल प्रोडक्ट (बीडी)ले लिनेछ । यो कुन्सान जिहोङ ननओभन प्रोडक्ट कम्पनीको सब्सिडरी कम्पनी हो । यसले फेब्रिक, गाउन्स, पन्जा र क्याप उत्पादन गर्छ । यसले १ करोड २७ लाख अमेरिकी डलर लगानी गर्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया