Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोभिडविरुद्धको खोप सुरु गर्ने तयारीमा क्यानाडा

कोभिडविरुद्धको खोप सुरु गर्ने तयारीमा क्यानाडा


ओटावा  ।
कोरोना विरुद्धको फाइजर–बायोएनटेक खोप क्यानाडामा पनि ल्याइएको छ । पहिलो चरणको खोप आइतवार स्वदेश भित्रिएको प्रधानमन्त्री जस्टिन ट्रुडोले जानकारी दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘फाइजर–बायोएनटेकको कोरोनाविरुद्धको खोपको पहिलो चरणको आयात गरिएको छ ।’ उनले गत बिहीबार पहिलो चरणमा ३० हजार मात्रा खोप केही दिनमै स्वदेश भित्र्याइने जानकारी दिएका थिए । त्यसअघि क्यानाडाको स्वास्थ्यसम्बन्धी नियमक निकायले सो खोप ल्याउनु उपयुक्त हुने निष्कर्ष निकाल्दै खोप ल्याउन अनुमति दिएको थियो ।

खोप ल्याउनका लागि आवश्यक बजेटको व्यवस्था पनि क्यानाडाको केन्द्रीय सरकारले नै गरेको उनले बताए । क्यानडाले यो डिसेम्बर महिना भित्रमा दुई लाख ४९ हजारभन्दा बढी खोप स्वदेश भित्र्याउने अपेक्षा गरेको छ । सो मात्राको खोपले एक लाख २४ हजार पाँच सय नागरिकलाई यसै बर्षमा सेवा दिने क्यानडा सरकारको योजना छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया