Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअर्को वर्षको आधाआधीमा ३० प्रतिशत धेरै आईफोन बनाउने एप्पलको लक्ष्य

अर्को वर्षको आधाआधीमा ३० प्रतिशत धेरै आईफोन बनाउने एप्पलको लक्ष्य


टोक्यो ।
एप्पल इन्कले सन् २०२१ को पहिलो छ महिनामा ९ करोड ६० लाख वटासम्म आईफोन बनाउने लक्ष्य लिएको छ । यो भनेको एप्पलको फाइभजी ह्यान्डसेटको ३० प्रतिशत बढी माग भएको निक्कीले समाचारमा जनाएको छ । एप्पलले आपूर्तिकर्तालाई साढे नौ करोडभन्दा धेरै आईफोन उत्पादन गर्न भनेको छ । यसमा पछिल्लो आईफोन१२, पुरानो आईफोन ११ र एसई मोडललगायत छन् ।

निक्कीको रिपोर्टअनुसार उद्योगहरुमा फोन अभाव हुनसक्ने जनाइएको छ । कम्पनीले २३ करोड आईफोन अर्को वर्ष बनाउने योजना बनाएको छ । सन् २०१९ को तुलनामा यो २० प्रतिशत बढी हो । यद्यपि लक्ष्य पुनरवलोकन हुनसक्नेछ । एप्पलले भने यसबारे औपचारिक रुपमा बताइसकेको छैन । यससम्बन्धी प्रतिक्रिया मागे पनि नदिएको रोयटर्सले जनाएको छ । अक्टोबरमा एप्पलले आफ्नोा फाइभजी आईफोन सार्वजनिक गर्न केही ढिलाइ गरेको थियो ।

विश्लेषकहरुले आईफोनबाट हुने आम्दानी ५.८ प्रतिशतले बढेर ५९.१९ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरेका छन् । यो पहिलो तीन महिनाको लागि गरिएको अनुमान हो । कम्पनीले अहिले एप्पल टीभी मोडलको नयाँ उत्पाादनबारे काम गरिरहेको छ । त्यस्तै आगामी वर्ष कम्पनीले म्याकबुक प्रो र आईम्याक प्रोको आक्रामक उत्पादन गर्नेबारे तयारी गरिरहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया