बेइजिङ ।
चीनको एउटा औषधि निर्माता कम्पनी फोसुन फर्माले जर्मन औषधि निर्माता कम्पनी बायोएनटेकबाट कोभिड–१९ विरुद्धको खोप कम्तीमा १० करोड डोज खरिद गर्ने सम्झौता गरेको जनाएको छ । तर यसका लागि चीन सरकारबाट अनुमति प्राप्त हुनु पर्नेछ ।
एएफपीका अनुसार चीनले कोभिड–१९ विरुद्धको खोप आफैं विकास गर्नुका साथै उत्पादन क्षमता बढाउन कार्य गरिरहेको छ । विश्वकै सर्वाधिक जनसंख्या रहेको चीनको आवश्यकता पूरा गर्न स्थानीय फर्महरुले विदेशी कम्पनीसँग पनि साझेदारी गरिरहेका छन् । शांघाई फोसुन फर्मास्युटिकल ग्रुपले चीनमा आवश्यक खोपको आपूर्ति सुनिश्चित गर्न जर्मन कम्पनीसँग सम्झौता गरिएको जनाएको छ ।
यसै वर्षको अन्त्यसम्ममा ५ करोड डोज खोपका लागि १५ करोड २० लाख डलर भुक्तानी गर्ने र बाँकी १२ करोड ५० लाख युरो चीनले खोप स्वीकृत गरेपछि भुक्तानी गर्ने फोसुनले बताएको छ । तर बाँकी ५ करोड खोप कहिले चीन आइपुग्छ भन्ने फोसुनले स्पष्ट गरेको छैन ।
फाइजर र बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप यसअघि नै संयुक्तराज्य अमेरिका, बेलायत र सिंगापुर समेतका मुलुकमा लगाउन थालिएको छ । चीनमा हाल पाँच किसिमका खोप अन्तिम चरणमा रहेका छन् । हाल कम्तीमा १० लाखभन्दा बढी व्यक्तिलाई खोप लगाउनुपर्ने अवस्था रहेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत
- प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिता हुने
- कतारका अमिर शेखको स्वागतमा सांस्कृतिक भेषभूषामा नेपाली
- कतारका अमिरको भ्रमणमा श्रम सम्झौता नवीकरण एउटा मुद्दा, नेपाल के चाहन्छ ?
- मोटरसाइकल दुर्घटनामा धनुषाका पत्रकार यादवको मृत्यु
- कतारका अमिरको नेपाल भ्रमण: भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
- सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने
- तोलामा रु दुई हजार सात सयले घट्यो सुनको मूल्य
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया