Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारतमा कोरोना संक्रमित ९९ लाख ३२ हजार बढी

भारतमा कोरोना संक्रमित ९९ लाख ३२ हजार बढी


नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बुधबारसम्म ९९ लाख ३२ हजारभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २६ हजार नयाँ संक्रमित फेला परेका छन् । गत २४ मा भारतमा कोरोना संक्रमणको कारण ३ सय ८७ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४४ हजार ९६ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९४ लाख ५६ हजार व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ ।

हाल भारतमा ३ हजार ३२ हजार सक्रिय संक्रमित रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १५ करोड ५६ लाखको हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन् ।



तपाईको प्रतिक्रिया