Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा ह्वाट्सएप पेमेन्ट सेवा सुरु

भारतमा ह्वाट्सएप पेमेन्ट सेवा सुरु


नयाँ दिल्ली ।
भारतमा डिजिटल पेमेन्ट सेवा प्रदायकअन्तर्गत ह्वाट्सएप पेमेन्ट सर्भिस सुरु भएको छ । चार बैंकसँगको साझेदारीमा फेसबुकको स्वामित्व रहेको ह्वाट्सएप च्याट एप्लिकेसनले भुक्तानी सेवा सुरु गरेको हो । आईसीआईसीआई बैंक, एक्सिस बैंक, एसबीआई र एचडीएफसीसँगको साझेदारीमा ह्वाट्सएपले डिजिटल भुक्तानी सेवा सुरु गरेको हो । यी चार बैंकका करोडौँ ग्राहक छन् भने अब उनीहरुले ह्वाट्सएपबाट अनलाइन माध्यममा पैसा पठाउन र आफ्नो एकाउन्टमा मगााउन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ह्वाट्सएप भारतमा सर्वाधिक प्रयोग हुने एप हो ।

ह्वाट्सएपको होमपेजमा दायाँतर्फ माथि देखिने तीनवटा थोप्लामा ग्राहकले क्लिक गरी यो सेवा प्रयोग गर्न सक्ने जनाइएको छ । त्यहाँँ क्लिक गरेपछि ग्राहकले पेमेन्ट अप्सनमा क्लिक गर्नुपर्नेछ, त्यसपछि पेमेन्ट विन्डो खुल्ने र एड न्यु पेमेन्ट मेथडमा क्लिक गर्नुपर्नेछ । त्यहाँ एसेप्ट गरेपछि बैंकको नाम आउनेछ । ह्वाट्सएपले साझेदारी गरेका बैंकहरु त्यहाँ उपलब्ध हुनेछन् र ग्राहकले पैसा पाउन र पठाउन सक्ने बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया