Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमाइक्रोसफ्ट भन्छ, ‘उत्तर कोरियाली ह्याकरले गम्भीर सूचना चोर्न खोजे’

माइक्रोसफ्ट भन्छ, ‘उत्तर कोरियाली ह्याकरले गम्भीर सूचना चोर्न खोजे’


अमेरिका, पुस १७
प्रविधि कम्पनी माइक्रोसफ्टले उत्तर कोरियाली ह्याकरले गम्भीर सूचना चोरी गरेको बताएको छ । सोमबार कम्पनीले उत्तर कोरियाली ह्याकरले सूचना चोर्न प्रयोग गरेको थालियम वेबसाइट नियन्त्रणमा लिएको जनाएको हो । थालियम सूचना चोरीका लागि ह्याकरले प्रयोग गरेको कम्पनीले अनुमान गरेको छ । ह्याकरहरुले सरकारी कर्मचारी, बुद्धिजीवी, युनिभर्सिटी कर्मचारी र आणविक क्षेत्रमा काम गर्नेहरुको सूचना चोरी गर्ने प्रयास गरेको थियो । ह्याकरले अमेरिकी अधिकारीको सूचना चोर्ने प्रयास गरेको कम्पनीले जनाएको छ । त्यस्तै जापान र दक्षिण कोरियालाई पनि ह्याकको निशाना बनाएको माइक्रोसफ्टले जनाएको छ । कम्पनीले सूचना चोरीमा प्रयोग भएका ५० वेब डोमेनहरु नियन्त्रणमा लिएको छ । थालियमले मालवेयर प्रयोग गरी सिस्टमबाट डाटा चोर्ने कम्पनीको भनाइ छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया