चीनले चन्द्रमाको चट्टान र धूलो लिएर पृथ्वी फर्कियो

वेइजिड. ।
चीनको एक मानवरहित अन्तरिक्ष यान चन्द्रमाबाट चट्टान र धूलो लिएर बिहीबार पृथ्वीमा फर्किएको छ । योसँगै चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ । एएफपीका अनुसार यी नमूनाहरूले चन्द्रमाको उत्पत्ति र ज्वालामुखी क्रियाकलापमा अन्तरदृष्टि प्रदान गर्ने, यद्यपि त्यस मिशनले चीनको प्राविधिक प्रगतिलाई कसरी प्रदर्शन ग-यो भन्ने कुरामा थप तत्काल ध्यान केन्द्रित गरिएको वैज्ञानिकहरूले जनाएका छन् ।
चीनको चाङ–अ फाइभ अभियान अन्तर्गत अन्तरिक्ष यान बिहीबार भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको जनाएको छ । अन्तरिक्ष यान हिउँले ढाकेको घाँसे मैदानमा अवतरण गरेको थियो । सन् १९७० को दशकयताकै चन्द्रमा पुगेर फर्किएको यो पहिलो सफल चन्द्र अभियान बनेको छ ।
यसअघि यस्तो सफलता ४४ वर्ष अगाडि प्राप्त भएको थियो । जतिबेला सोभियत लुना ट्वेन्टी फोर अभियानले करिब दुई सय ग्राम सामान पृथ्वी ल्याएको थियो । अहिले ल्याइएका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान बताइएको छ । चीनले लामो समयदेखि यसको लागि तयारी गरिरहेको एस्ट्रोफिजिक्स अनुसन्धानकर्ता हार्वर्ड स्मिथसोनियन सेन्टर जोनाथन म्याकडोवेलले बताए ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया