केजरीवालले संसदमै च्यातिदिए मोदी सरकारको ‘किसानविरोधी’ कानुन

नयाँ दिल्ली ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार केही समयअघि मोदी सरकारले ल्याएको ‘किसानविरोधी कानुन’ संसदमै च्यातिदिएका छन् । भारतीय मिडियाहरुका अनुसार केन्द्र सरकारले ल्याएको कृषिसम्बन्धी नयाँ कानुन केजरीवालले च्यातेका हुन् । दिल्ली संसदमा बोल्दै मुख्यमन्त्री केजरीवालले नयाँ कानुनले देशका किसानलाई धोखा दिएको बताए । उनले ब्रिटिशहरुभन्दा खराब नहुन
केन्द्र सरकारलाई सुझाव दिएको टाइम्स अफ इन्डियाले जनााएको छ । उक्त कानुन फिर्ता लिन केजरीवालले जोडदार माग समेत गरेका छन् । ‘महामारीका बेला हतार हतार कानुन किन पास गरेको हो ?’, केजरीवालले प्रश्न गर्दै भने, ‘राज्यसभामा भोटिङ नै नगरी पहिलोपटक तीनवटा कानुन ल्याइएको छ…त्यसकारण म तीनवटै कृषि कानुन यहाँ च्यात्छु र ब्रिटिशभन्दा पनि खराब नहुन अपिल केन्द्र सरकारलाई अपिल गर्छु ।’
भारतीय जनता पार्टीलाई इलेक्टोरल फन्डिङका लागि यो कानुन ल्याएको आरोप लगाउँदै उनले किसानको हितमा नभएको दाबी गरे । भारतमा कृषिसम्बन्धी कानुन बनेलगत्तै विरोध हुँदै आएको छ । किसानहरुले सडकमै बसेर आन्दोलन गर्दै आएका छन् तर केन्द्र सरकारले कानुन फिर्ता नहुने अडान लिँदै यो किसानकै पक्षमा रहेको बताएको छ ।
ताजा अपडेट
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
- मार्च १ देखि भारतमा दोस्रो चरणको खोप अभियान
- हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
- हरेक चारदेखि पाँच हप्तामा एप्पलले खरिद गर्छ कम्पनी
- पेट्रोलियम पदार्थको राजनीतीकरण एवं सुरक्षा
- समृद्धिका लागि युवाशक्तिको सही परिचालन
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया