
अमेरिका ।
विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले अमेरिकाकोा बेन्चमार्क एसएण्डपी ५०० स्टक इन्डेक्समा सोमबार जोडिने भएको छ । यसबाट लाखौँ लगानीकर्ताले कम्पनीको सेयर सदस्य बन्ने मौका पाउने बताइएको छ । विश्लेषकहरुले यो वर्ष अर्बपति एलन मस्कको कम्पनीका लागि शुभसमाचार भएको बताएका छन् । कम्पनीको कारहरुको कोरोना महामारीकै बीच पनि उच्च माग भएको छ । एसएण्डपीमा कम्पनीको बढोत्तरीले लगानीकर्तालाई हौस्याउने अपेक्षा गरिएको छ । यसले अमेरिकी सेयरबजारमा समेत राम्रो प्रभाव पर्नसक्नेछ ।
सन् २००३ मा क्यालिफोर्नियामा कम्पनी स्थापना भएयता टेस्लाले सेयरबजारमा राम्रो प्रभाव छोड्न सफल भएको छ । टेस्ला बैंकको ऋणमा डुब्ने मुखैमा पुगेर पनि उम्किन सफल भएको थियो । मस्कले स्वचालित प्रविधिदेखि भाइरस लकडाउनसम्मका विभिन्न पेचिला विषयमा सरकारी अधिकारीसँग पौँठेजोरी खेल्दै आएका छन् ।
यो वर्ष यो कम्पनीको सेयरमा विभिन्न समयमा उतारचढाव हुाँदै आएको छ । यो वर्ष टेस्लाको सेयर मूल्य ७ सय प्रतिशतभन्दा बढीले उकालो लागेको छ । शुक्रबार रातिमात्रै सेयर ६ प्रतिशतभन्दा बढीले चढेको छ । यो भनेको अनुमानित ८० अर्ब अमेरिकी डलरबराबरको बढोत्तरी हो । कम्पनीको बजार पुँजीकरण ६ खर्ब अमेरिकी डलर पुगिसकेको छ । योसँगै कम्पनी अहिले विश्वकै मूल्यवान् कार निर्मातामा दर्ज भएको छ ।
वालस्ट्रिटमा टेस्ला छवटा मूल्यवाान् कम्पनीमध्ये अटाएको छ । यो कम्पनीभन्दा अगाडि केवल एप्पल र अमेजन छन् । यो वर्ष टेस्लाको सेयर बढेपपछि मस्क विश्वकै सर्वाधिक धनीको सूचीमा दोस्रो नम्बरमा पुगेका छन् । उनीभन्दा अगाडि केवल अमेजनका जेफ बेजोस छन् । मस्ककोा सम्पत्ति डेढ खर्ब अमेरिकी डलर रहेको छ । गत महिना टेस्लाको एसएण्डपी बढोत्तरीको टुंगो लागेको बताइएको छ ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया