फियाट क्राइस्लर र पुज्योटको मर्जर जनवरीमा पूरा हुने

इटली ।
इटालेली–अमेरिकी अटो निर्माता फियाट क्राइस्लर र यसको फ्रान्सेली प्रतिस्पर्धी कम्पनी पुज्योटबीचको मर्जर प्रक्रिया आगामी जनवरीमा पूरा हुने भएको छ । दुवै कम्पनीले यसको पुष्टि गरेका छन् । मर्जरपछिको कम्पनीको प्रमुख कार्यकारी अधिकृत फियाटकै सीईओ माइक म्यान्ले रहनेछन् । म्यान्ले यसअघि फियाट क्राइस्लरको चाइना र एसियाका लागि कार्यकारी उपाध्यक्ष रहेका थिए । कम्पनीका लागि उनले चिनियाँ बजार केन्द्रित गर्ने आर्किटेक्ट हुन् । उनी २०१८ मा फियाटको सीईओ बनेका हुन् ।
बजार विश्लेषकहरुले नयाँ कम्पनी स्टेलेन्टिसको नाममा हुनेछ भने यसले चिनियाँ बजार हिस्सा ओगट्न प्रयास गर्ने र ग्लोबल ब्रान्ड बन्ने प्रयास गर्नेछ । त्यस्तै पुज्योटले सन् १९९० यता अमेरिकामा नयाँ कारको बिक्री गरेको छैन । मर्जरपछि कम्पनी पुनः उत्तर अमेरिकी बजारमा प्रवेश गर्न सक्नेछ । दुई चर्चित कम्पनीबीचको मर्जर गत वर्ष घोषणा गरिएको थियो ।
यो वर्ष अन्तिमसम्म मर्जर पूरा हुने बताइए पनि केही ढिलाइ भएको बताइएको छ । गत सेप्टेम्बरमा कम्पपनीहरुले ३८ अर्ब अमेरिकी डलरको मर्जरले सन् २०२१ को तेस्रो त्रैमासिकमा मात्र पूर्णता पाउनसक्ने बताएका थिए । तर अहिले त्यो समयभन्दा अघि नै हुनसक्ने देखिएको छ ।
ताजा अपडेट
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
- मन्त्री नेम्वा·लाई थाहै नदिई सरुवाबढुवाको सूची !
- खुम्चियो सेयरबजार
- बैंकिङ क्षेत्रको आन्तरिक कारोबार घट्यो
- राष्ट्रिय वाणिज्य बैंक चितवनको छाप किर्ते गरी रकम अपचलन गर्ने परियार पक्राउ
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया