मारुती र होन्डापछि टाटा मोटर्सले पनि गाडीको मूल्य बढाउने

नयाँ दिल्ली ।
मारुती सुजुकी इन्डिया, हिरो मोटोकर्प, रेनो र होन्डा कार्स इन्डियापछि अब टाटा मोटर्सले पनि जनवरी १ देखि आफ्ना सवारीसाधनको मूल्य बढाउने घोषणा गरेको छ । कम्पनीले सोमबार विज्ञप्ति जारी गर्दै सवारीसाधनको मूल्यवृद्धि गर्ने जानकारी दिएको हो । कम्पनीका अनुसार सबै कमर्सियल भेहिकल्सको मूल्य जनवरी १ देखि नै वृद्धि हुनेछ । मटेरियल र अन्य इन्पुट कस्ट (खर्च)मा भएको बढोत्तरी, फोरेक्सको प्रभाव र बीएस६ मापदण्डअनुसार सवारीसाधन बनाउँदा लागत बढेको छ ।
अहिलेसम्म अतिरिक्त खर्च कम्पनी आफैँलै वहन गर्दै आएको थियो तर यसमा लगातार वृद्धि भएको भन्दै केही हिस्सा उपभोक्तामा पनि पार्न आवश्यक भएकोले मूल्य वृद्धिको घोषणा गरिएको कम्पनीले जनाएको छ । एमएण्डएचसीभी, आईएण्डएलसीभी, एससीभी र बसहरु सबैको मूल्य बढ्ने अपेक्षा गरिएको छ । कम्पनी आफैँले पनि सवारीसाधनको मोडल, भेरिएन्ट र फ्युल टाइपअनुसार कति बढ्नेछ भन्ने टुंगो लाग्नेछ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- महालक्ष्मी विकास बैंकद्वारा पोशाक वितरण
- ज्योति विकास बैंकद्वारा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान
- सिटिजन्स बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसेसबीच छुट सम्झौता
- सिभिल लघुवित्तद्वारा सेयर मूल्य समायोजन
- जनउत्थान लघुवित्तले कमायो दुई करोड ७४ लाख
- बेइजिङको अनुसन्धानमा परेपछि ज्याक माले गुमाए चिनियाँ धनीको उपाधि
- बम राखिएको हल्लापछि ताजमहल बन्द
- बंगलादेशको निर्यातमा कोरोना महामारीको असर
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- इन्टिग्रिटी आइकन २०२० सार्वजनिक
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
तपाईको प्रतिक्रिया