
राबात ।
उत्तर अफ्रिकी मुलुक मोरक्कोले नयाँ कोरोनाभाइरसका लागि ६ करोड ५० लाख खोप खरिद गर्ने भएको छ । मोरक्कोले आफ्ना २ करोड ५० लाख नागरिकलाई खोप दिने तयारी गरेको छ । मोरक्कोका स्वास्थ्य मन्त्री खालिद एट तालेबले एक विज्ञप्ति प्रकाशन गरी खोप खरिद र वितरणका लागि तयारी अन्तिम चरणमा पुगिसकेको बताएका छन् ।
मोरक्कोले चीनको सिनोफार्म र बेलायतको अस्ट्राजेनिकाबाट खोप खरिद गर्ने योजना बनाएको सरकारी स्रोतहरुले जनाएका छन् । खोप लगाउने समय भने अझै तोकिएको छैन । मोरक्कोका राजा मोहम्मद छैटौंले खोप निःशुल्क प्रदान गरिने घोषणा गरिसकेका छन् । करिब ३ करोड ५० लाख जनसंख्या रहेको मोरक्कोमा ४ लाख २५ हजार नयाँ संक्रमित भेटिएका छन् भने ७ हजार १ सय ३० जनाको मृत्यु भइसकेको छ ।
ताजा अपडेट
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
- मार्च १ देखि भारतमा दोस्रो चरणको खोप अभियान
- हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
- हरेक चारदेखि पाँच हप्तामा एप्पलले खरिद गर्छ कम्पनी
- पेट्रोलियम पदार्थको राजनीतीकरण एवं सुरक्षा
- समृद्धिका लागि युवाशक्तिको सही परिचालन
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया