Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियक्यामरूनमा बस दुर्घटनामा कम्तीमा ३७ यात्रुको मृत्यु

क्यामरूनमा बस दुर्घटनामा कम्तीमा ३७ यात्रुको मृत्यु


क्यामरून ।
क्यामरूनको मध्यक्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा ३७ व्यक्तिको मृत्यु भएको प्रहरीले आइतबार पुष्टि गरेको छ । क्यामरूनको रेडियो सीआरटीभीले एनदिकिनिमेकीका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनलाई उद्धृत गरी प्रसारित समाचारमा भनिएको छ, ‘एक यात्रुवाहक बस ट्रकसँग ठोक्किँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने घटनामा अन्य १९ यात्रु गम्भीर घाइते भएका छन् ।’ बस ट्रकसँग ठाक्किएपछि सडकबाट केही तल खोल्सामा खसेको र अधिकांश यात्रुको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया