Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियसन् २०२३ सम्ममा २० प्रतिशत कार विद्युतीय बनाउने बीएमडब्ल्यूको लक्ष्य

सन् २०२३ सम्ममा २० प्रतिशत कार विद्युतीय बनाउने बीएमडब्ल्यूको लक्ष्य


फ्रान्फर्ट ।
जर्मनीको विलासी कार निर्माता बीएमडब्ल्यूले सन् २०२३ सम्ममा आफ्ना २० प्रतिशत सवारीसाधन विद्युतीय बनाउने लक्ष्य राखेको छ । कम्पनीका प्रमुख कार्यकारी ओलिभर जिप्सले जर्मन डेली अग्सबर्गर अलजेमिनसँगको कुराकानीमा यस्तो योजनाबारे उल्लेख गरेका हुन् ।

‘हामीले विद्युतीय सवारीसाधनको संख्या राम्रैसँग बढाइरहेका छौँ’, उनले भने, ‘सन् २०२१ र २०२३ को बीचमा हामी योजना गरेभन्दा २० प्रतिशत बढी कार विद्युतीय माध्यमको उत्पादन गर्नेछौँ ।’

बीएमडब्ल्यूले सन् २०२३ सम्ममा आफूले बेच्ने हरेक पाँचमध्ये एउटा विद्युतीय बनाउन चाहेको छ । यो वर्ष कुलमध्ये ८ प्रतिशत मात्रै विद्युतीय कार रहेको छ । त्यस्तै उनले चार्जिङ पूर्वाधार वृद्धिमा पनि जोड दिएका छन् । ‘आजको दिनसम्म १५ हजार निजी र १३ सय सार्वजनिक चार्जिङ पोइन्ट प्रतिहप्ता राखिनुपथ्र्यो’, उनले भने, ‘दुर्भाग्यवश, त्यो हासिल गर्न अझै सकेका छैनौँ ।’



तपाईको प्रतिक्रिया