सन् २०२८ सम्ममा चीन विश्वकै ठूलो अर्थतन्त्र
भारत पनि सन् २०३० सम्ममा तेस्रो ठूलो अर्थतन्त्र बन्ने

वेइजिड. ।
एसियाली राष्ट्र चीन सन् २०२८ सम्ममा अमेरिकालाई उछिनेर विश्वकै ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने अनुमान प्रक्षेपण गरिएको छ । यसअघि पनि यस्तो अनुमान गरिएको थियो तर यसअघि गरिएभन्दा पाँच वर्षअघि नै चीनले यस्तो सफलता पाउने देखिएको बीबीसीले जनाएको छ ।
बेलायतको सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेस रिसर्च (सीईबीआर) ले कोभिड १९ को प्रतिकूल समयमा रचनात्मक तरिकाले नियन्त्रण गर्दा युरोप र अमेरिकाभन्दा चीनले राम्रो आर्थिक वृद्धिदर हासिल गर्ने जनाएको छ । त्यस्तै अर्को एसियाली राष्ट्र भारत पनि सन् २०३० सम्म विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरिएको छ ।
सीईबीआरले हरेक वर्ष डिसेम्बर २६ मा इकोनोमिक लिग टेबल सार्वजनिक गर्ने गर्छ । कोभिड १९ ले सुरुमै चीनमा संक्रमण गरे पनि उसले राम्ररी यसको व्यवस्थापन गर्नसकेको थियो । उसले सुरुमै कडा लकडाउन र अन्य कार्यमा समेत गरेको कडाइले दोस्रोपटक अन्य देशमाजस्तो पुनः कडाइ गर्नुपरेन । यसले गर्दा आर्थिक गतिविधिहरू अहिले सामान्य अवस्थामा फर्किनथालेको छ । परिणामतः सन् २०२० मा आर्थिक मन्दी खेप्नुपरेन । यो वर्ष चीनको आर्थिक वृद्धिदर २ प्रतिशत हुने अनुमान गरिएको छ ।
तर अमेरिकी अर्थतन्त्र भने कोरोनाले चौपट पारिदिएको छ । अमेरिकामा भाइरसका कारण ३ लाख ३० हजार जनाभन्दा बढीको मृत्यु भएको छ भने १ करोड ८५ लाख जनामा संक्रमण भेटिएको छ । मौद्रिक नीति र ठूलो आकारको राहतका कारण अर्थतन्त्र जोगिए पनि अहिले फेरि राहत प्याकेजलाई लिएर राजनीतिक मतभिन्नताहरू देखिएका छन् । नयाँ राहत प्याकेज नआउने हो भने १ करोड ४० लाख अमेरिकीहरू बेरोजगारी सुविधाबाट वञ्चित हुन सक्नेछन् ।
महामारीपछि अमेरिकी अर्थतन्त्र १.९ प्रतिशतले वृद्धि हुनसक्ने रिपोर्टले देखाएको छ । तर यो पनि सन् २०२२/०२४ पछि मात्रै हासिल हुनसक्ने वृद्धिदर हो । त्यसपछि झनै सुस्त हुँदै १.६ प्रतिशत वृद्धिदर हासिल हुनेछ । तर यता चिनियाँ अर्थतन्त्र भने सन् २०२५ सम्म वार्षिक ५.७ प्रतिशतको गतिमा वृद्धि हुनेन अनुमान गरिएको छ । त्यसपछि वार्षिक रुपमा सन् २०२६–२०३० अवधिमा साढे चार प्रतिशतले वृद्धि हुनेछ ।
सन् २००० मा विश्व अर्थतन्त्रमा चिनियाँ अर्थतन्त्रकोा हिस्सा ३.६ प्रतिशत मात्रै रहेकोमा अहिले यस्तो हिस्सा १७.८ प्रतिशत पुगिसकेको छ । सन् २०२३ मा नै चिनियाँ अर्थतन्त्र उच्च आय हुने अर्थतन्त्र बन्ने रिपोर्टमा उल्लेख छ । महामारीको यथोचित व्यवस्थापनले मात्र नभई चीनले उन्नत उत्पादनसम्बन्धी उद्योगहरूलाई लक्ष्य गरेर ल्याएको नीतिनिर्माणले पनि अर्थतन्त्रलाई राम्रो योगदान मिलेको रिपोर्टले अनुमान गरेको छ ।
यसबाहेक रिपोर्टले ब्रेक्जिटपछिको बेलायती अर्थतन्त्र सन् २०२१ देखि २५ सम्म ववार्षिक ४ प्रतिशतले र त्यसपछिको पाँच वर्ष १.८ प्रतिशतले मात्रै वृद्धि हुने अनुमान प्रक्षेपण गरेको छ । सन् २०१९ मा बेलायतलाई उछिन्दै पाँचौँ ठूलो अर्थतन्त्र बनेको भारतमा पनि महामारीले नराम्रो प्रभाव पार्दा त्यो स्थान गुमाएको छ । अब फेरि सन् २०२४ सम्म भारतले उक्त स्थान हासिल नगर्ने रिपोर्टको प्रक्षेपण छ । तर भारतले सन् २०२७ सम्ममा जर्मन अर्थतन्त्रलाई पछाडि पार्ने र सन् २०३० मा जापानलाई समेत पछि छोड्ने रिपोर्टले प्रक्षेपण गरेको छ ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया