ईयू सदस्य राष्ट्र ब्रेक्जिट व्यापार सम्झौतामा सकारात्मक

ब्रसेल्स ।
युरोपेली संघ (ईयू) सबै २७ सदस्य राष्ट्रले जनवरी १ देखि ब्रेक्जिटपछिको व्यापार सम्झौतालाई आगामी जनवरी १ देखि लागू गर्ने विषयमा सकारात्मक संकेत मिलेकोे ईयूका प्रवक्ताले सोमबार बताएका छन् । ईयूको राजधानी ब्रसेल्समा रहेका सम्बन्धित मुलुकका राजदूतहरूले सम्झौतालाई सहमति दिएका र प्रक्रिया पूरा गरी उक्त सम्झौतालाई कार्यान्वयनमा लान सकारात्मक संकेत दिएका छन् । यसले बेलायतको ईयूबाट भएको बहिर्गमनपछि ईयूको एकल बजार नीति बेलायतका लागि बाध्यकारी हुनेछैन तर अस्थायी रूपमा कररहित व्यापारका लागि कुनै अवरोध नरहने गरी मार्गप्रशस्त गर्नेेछ ।
जर्मनीका तर्फबाट ईयू प्रमुखका प्रवक्ता सोबास्टियन फिस्चरले भने, ‘ईयू–बेलायत ब्यापार तथा सहकार्य सम्झौतालाई अस्थायी प्रयोजनका लागि ईयूका लागि विभिन्न मुलुकका राजदूतहरूको बैठकले सर्वसम्मतरूपमा अनुमोदन गरेको छ ।’ सदस्य राष्ट्रहरूले योजना स्वीकृत गर्दा बेलायत र ईयू सदस्य राष्ट्रहरूबीच क्रस–च्यानल व्यापारको अवरोध रोक्न यो समयमै प्रभावकारी हुन अनुमति दिनेछ । यद्यपि सम्झौतालाई अझै पनि यूरोपेली संसदले पूर्वपक्षीयरूपमा अनुमोदन गर्नुपर्नेछ र सम्भवतः यो आगामी फेब्रुअरीको अन्त्यमा हुनेछ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- महालक्ष्मी विकास बैंकद्वारा पोशाक वितरण
- ज्योति विकास बैंकद्वारा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान
- सिटिजन्स बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसेसबीच छुट सम्झौता
- सिभिल लघुवित्तद्वारा सेयर मूल्य समायोजन
- जनउत्थान लघुवित्तले कमायो दुई करोड ७४ लाख
- बेइजिङको अनुसन्धानमा परेपछि ज्याक माले गुमाए चिनियाँ धनीको उपाधि
- बम राखिएको हल्लापछि ताजमहल बन्द
- बंगलादेशको निर्यातमा कोरोना महामारीको असर
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- इन्टिग्रिटी आइकन २०२० सार्वजनिक
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
तपाईको प्रतिक्रिया