Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकिन यो वर्ष सेयरबजारहरू उकालो लागे ?

किन यो वर्ष सेयरबजारहरू उकालो लागे ?


लन्डन ।
विश्वभर यो वर्ष दशौँ लाख मानिसले रोजगारी गुमाए वा सरकारी सहयोग लिएर घरभित्रै बसे । तर सेयरबजारहरू भने मार्चयता निरन्तर उकालो चढिरहे । अमेरिकी सेयरबजार सबैभन्दा बढी उकालो लाग्यो । प्रविधि कम्पनीहरू धेरै रहेको नास्डाक ४२ प्रतिशतले र अर्को मुख्य बजार एसएण्डपी ५०० १५ प्रतिशतले यो वर्ष माथि चढे ।

तर महामारीको चपेटामा परेको तेल कम्पनीहरू, बैंक र हवाइ कम्पनीहरू सूचीकृत बेलायतको एफटीएसई १०० ले भने अझै अमेरिकी सेयरबजारले जस्तो सहजता महसुस गर्न पाएको छैन । यो वर्ष सुरु भएयता अहिले पनि बेलायती सेयरबजार १४ प्रतिशत तलै रहे पनि गत केही महिनायता लयमा फर्किनथालेको छ । युरोपेली आयोगसँग व्यापार सम्झौता हुनु र कोरोनाको खोप प्राप्त हुनुले सेयरबजारमा प्रभाव देखिनथालेको छ ।

जापानको कुरा गर्ने हो भने खोप आएयता सेयरबजार लयमा फर्किनथालेको छ । खासगरी औषधि र गेमिङ कम्पनीहरूले उच्च वृद्धिको साथ सेयरबजारको नेतृत्व गर्दै लयमा फर्काइरहेका छन् । सेयर बजारको प्रस्तुति मापन गर्दा केही वृद्धि अझै तलै रहेको छ भने केही धेरै नै उमंगको अपेक्षामा अझै केही तल पनि हुनसक्नेछ । लगानीकर्ताहरूका अनुसार अहिले केन्द्रीय बैंकहरूले सिर्जना गरिरहेको पैसाको परिमाणले पनि अर्थ राख्छ । र परिणामतः आशावादी हुने थोरै कारणहरू छन् ।

अर्को विचारणीय र महत्वपूर्ण पक्षचाहिँ सेयरबजारको मूल्यहरू यहाँ र अहिले भन्ने नभएको रकम व्यवस्थापक स्क्रोडर्समा यूके इक्विटिजका प्रमुख स्यु नोफ्के बताउँछिन् । सेयरबजारले सधैँ अगाडि हेर्ने हुँदा यो कार चलाएजस्तै भएको उनको भनाइ छ ।

लगानीकर्ताहरू धेरै नयाँ खोपको सफलतामा खर्च गरिरहेका छन् । त्यस्तै सस्तो सापटी पनि बढेको छ जुन व्यवसायको लागि वरदान नै हो । यसबाहेक केन्द्रीय बैंकले पनि पैसा जुटाइरहेका छन् र यसको प्रभाव पनि देखिरहिएको छ । द बैंक अफ इंग्ल्यान्डले मात्रै ८ खर्ब ९५ अर्ब पाउन्ड स्टर्लिङको सरकारी र व्यावसायिक बन्ड नयाँ पैसामा खरिद गर्ने योजना बनाएको छ ।

मार्चयता अमेरिकी केन्द्रीय बैंकले ३० खर्ब डलरभन्दा बढीको सम्पत्ति खरिद गरेको छ । यी खरिदहरू यसकारण गरिएका हुन् कि सापटी खर्च कम होस् र जसै यी नयाँँ पैसा खरिद गरिएका ऋणपत्रका रुपमा अर्थतन्त्रमा प्रवेश हुन्छन् यसले मूल्य अगाडि बढाउने काम गर्छ । नोफ्के भन्छिन्, ‘पैसा अहिले निकै सस्तो छ र सस्तो पैसाले वित्तीय सम्पत्तिको मूल्यांकन बढाउँछ र त्यसले नै विश्वव्यापी रुपमा सेयरबजारलाई सहयोग गरिरहेको छ ।’

पाँच वर्चस्व : जब हामी सेयरबजारको प्रस्तुति हेर्छौँ, सामान्यतया सूचकांक हेरिरहेका हुन्छौँ, त्यो भनेको कम्पनी नै कम्पनी सँगै खप्टिएको एउटा समूह हो । साना साना कम्पनीहरूको चलायमान अवस्थाभन्दा ठूला कम्पनीहरूको सेयर वृद्धिको असर पनि सूचकांकमा ठूलै हुन्छ । तर फेरि अमेरिकामा हेर्ने हो भने कुनै कुनै ठूला कम्पनीहरूको सेयर ठूलै रुपमा बढेको छ । यसको अर्थ यो वर्ष प्रविधि कम्पनीका लागि राम्रो रहेको भन्ने हो । जसको आम्दानी बढेको छ भने धेरै मानिसले काम गर्ने हवाइलगायत कम्पनीहरूका लागि यो वर्ष खराब रह्यो ।

उदाहरणका लागि नास्डाक वर्षको सुरुदेखि नै बढिरहेको थियो तर पाँच कम्पनीहरू गुगलको मातृकम्पनी अल्फाबेट, एप्पल, माइक्रोसफ्ट, अमेजन र फेसबुकको मूल्यांकन ९५ अरु कम्पनीको एकत्रित गर्दा पनि उही मूल्यबराबर हुन आउँछ । सोही कारण सूचकलाई नै हेर्ने हो भने अमेरिकी अर्थतन्त्र नबिग्रिएको भन्नुपर्ने नोफ्केको भनाइ छ ।

१० वर्षे लहर : केही ठूला कम्पनीको वर्चस्व सूचकमा तथाकथित दीर्घकालीन लगानीको उदयसँग मिलेको छ जहाँ पेन्सन पाउने, रकम व्यवस्थापक र अनुमानकर्ताले सस्ता लगानी कोष खरिद गर्न सक्छन् जसले इन्डेक्स अर्थात् सूचकलाई पछ्याउँछ । जब लगानीकर्ताले यी कोष खरिद गर्छन्, उनीहरूले अन्तर्निहित सेयर किन्छन् र त्यसले मूल्य बढाउन मद्दत गर्छ ।

युनिभर्सिटी अफ वार्विकमा वित्तीय बजारबारे पोस्ट डक्टरल रिसर्चर जोहानेस पेट्री सक्रिय यस्ता कोषबाट निष्क्रिय कोष (प्यासिभ फन्ड) मा विगत १० वर्षमा पैसाको प्रवाह बढेको बताउँछन् । र त्यो प्रवृत्ति महामारीमा समेत परिवर्तन भएको छैन । तर सेयरबजारको ओरालो यात्रा सुरु हुनसक्ने बताउँछन् ब्रोकरेज फर्म थेमिस ट्रेडिङका जोय सालुजी । लगानीकर्ताले जब सधैँ बजार उकालो लाग्दैन भन्ने सोच्छन्, त्यसपछि सेयरबजारको ओरालो यात्रा सुरु हुनसक्ने उनको भनाइ छ । बीबीसीबाट भावानुवाद


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया