Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियहवाइ दुर्घटनामा मृत्यु ५० प्रतिशतले घट्यो

हवाइ दुर्घटनामा मृत्यु ५० प्रतिशतले घट्यो


युरोप, पुस १८
गत वर्ष हवाइ दुर्घटनामा मृत्यु हुने संख्या ५० प्रतिशतले घटेको छ । एक हवाइ उद्योगसम्बन्धी अध्ययनले सन् २०१९ मा हवाइ दुर्घटनामा मर्ने संख्या घटेको देखाएको हो । उक्त वर्ष २ सय ५७ वटा हवाइ दुर्घटना भएका थिए । सन् २०१८ मा भने ५ सय ३४ हवाइ दुर्घटना भएका थिए । यो अध्ययन एभिएसन कन्सल्टेन्सी टु७० ले गरेको हो । मार्चमा गत वर्ष चर्चित विमान निर्माता बोइङको ७३७ म्याक्स विमान इथियोपियामा दुर्घटनाग्रस्त भएको थियो । हवाइ यात्रा बढे पनि दुर्घटना घटेको हो । सन् २०१९ मा ८६ वटा दुर्घटनामा ठूला व्यावसायिक विमानहरु संलग्न थिए । त्यसमध्ये आठवटा दुर्घटनामा २ सय ५७ जना मानिसहरुको मृत्यु भएको थियो ।

डच एभिएसन कन्सल्टेन्सीका अनुसार मार्चमा भएको इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा १ सय ५७ जनाको मृत्यु भएको थियो । सो क्रममा कुलमध्ये करिब आधा मृत्यु सोही दुर्घटनामा भएको थियो । रिपोर्टअनुसार ठूला व्यावसायिक यात्रुवाहक विमानहरुको हरेक ५५ लाख ८० हजार उडानमा दुर्घटना भएको थियो । सन् २०१८ मा १ सय ६० वटा दुर्घटना भएका थिए । त्यसमा १३ वटा दुर्घटनाले ५ सय ३४ जनाको जीवन समाप्त पारेको थियो । दुर्घटना घटे पनि सन् २०१९ भन्दा बढी सुरक्षित हवाइ यात्रा भएको वर्ष भने २०१७ हो ।

उक्त वर्ष कुनै पनि जेट विमान दुर्घटनामा परेनन् । दुईवटा टर्बोप्रोप विमान दु्र्घटनामा १३ जना मर्नेबाहेक अन्य दुर्घटना नै भएनन् । उक्त अध्ययनले साना विमानलाई समावेश गरेको छैन । त्यस्तै सन् २०१९ मा यात्रु सुरक्षामा बढी नै ध्यानाकर्षण भएको पनि अध्ययनमा उल्लेख छ । विशेषगरी बोइङ म्याक्सजेट दुर्घटनापछि यस्तो सतर्कता अपनाइएको हो । अक्टोबर २०१८ मा लायन एयरको विमान दुर्घटनामा १ सय ८९ जनाको मृत्यु भएको थियो । त्यसको पाँच महिनापछि इथियोपियामा म्याक्सजेट विमान दुर्घटनामा १ सय ५७ जनाले ज्यान गुमाएका थिए । अहिलेसम्म पनि उक्त श्रेणीका विमान सेवामा फर्किएका छैनन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया