माले ।
माल्दिभ्सले एस्ट्राजेनेका सिंगापुर र अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको कोभिड– १९ विरूद्धको खोप खरीद प्रक्रियाको सम्झौतामा हस्ताक्षर गरेको स्थानीय सञ्चारमाध्यमहरूले शुक्रबार जनाएका छन् । माल्दिभ्सको अर्थ मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी भनेको छ, ‘अत्यधिक माग रहेको खोप लिनका लागि सार्वजनिक वित्त नियमावलीको प्रावधानलाई निलम्बन गरी खोप खरिद प्रक्रियालाई अघि बढाइनेछ ।’
अर्थमन्त्री इब्राहिम आमिरलाई उद्धृत गरी भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयको वित्त कार्यकारीको परामर्शमा खोपको खर्चलाई आन्तरिक अडिट गर्नेगरी प्रक्रियालाई अघि बढाउने निर्णय भएको छ ।’ राष्ट्रपति इब्राहिम सोलिहले यस पहिले नै सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने वाचा गरेका थिए । आपत्कालीन स्वास्थ्य सेवा सञ्चालन केन्द्र (एचओओसी) ले कोभिड–१९ को खोप सन् २०२१ को पहिलो त्रैमासिकमा दिन थाल्ने गरी काम हुने बताएको छ । माल्दिभ्स विकासोन्मुख देशहरुलाई खोप प्रदान गर्न विश्व स्वास्थ्य संगठन को कोभ्याक्स कार्यक्रम को एक आवेदक पनि हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
- विद्युत् महसुल वृद्धि र आपूर्तिबारे चिन्तन
- बीमाको पहुँच विस्तार र सरकारको दायित्व
- अपराध कर्मले संरक्षण पाउनुहुन्न
- बस्नेत कोशी प्रदेश समन्वय परिषद् सदस्यमा नियुक्त
- ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पोको तयारी पूरा
- नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- बीमा कम्पनीहरूले संकलन गरे एक खर्ब २४ अर्ब बीमाशुल्क
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- चिया पसल पनि कम्पनी ?
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
- नेपाली अमेरिका कलाकार सङ्घमा बसन्ती राई
तपाईको प्रतिक्रिया