Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारहुआङ बने चीनकै दोस्रो धनी अर्का चिनियाँले उछिने अम्बानीलाई

हुआङ बने चीनकै दोस्रो धनी अर्का चिनियाँले उछिने अम्बानीलाई


वेइजिड. ।
व्यवसायी कोलिन हुआङ चीनकै दोस्रो ठूलो धनी व्यक्ति बनेका छन् । इकमर्स मार्केटप्लेस पिनडुओडुओका संस्थापक तथा प्रमुख कार्यकारी उनले अलिबाबा ग्रुप होल्डिङ्सका ज्याक मा र टेन्सेन्ट होल्डिङ्सका पोनी मा हुआतेङलाई पछि पारेका हुन् ।

कोलिनको सम्पत्ति ६३ अर्ब १० करोड अमेरिकी डलर रहेको ब्लुमबर्ग अर्बपति सूचीले देखाएको छ । बुधबार न्युयोर्कस्थित अमेरिकी प्रविधि कम्पनीहरु सूचीकृत नास्डाक सेयरबजारमा पिनडुओडुओको सेयर ७.७७ प्रतिशतले बढेको थियो । सेयर मूल्यवृद्धिसँगै कम्पनीको बजार पुँजीकरण २ खर्ब २० अर्ब अमेरिकी डलर पुगेको थियो । यो कम्पनीको लगातार दोस्रोपटक सेयर मूल्य वृद्धि हो। पाँच वर्ष मात्र पुरानो यो कम्पनीले बजार मूल्यांकनमा २ खर्ब डलर पार गरेको हो ।

हुआङको सम्पत्ति चीनमा अहिले दोस्रो धेरै हो । उनीभन्दा अघि पानी व्यापारी झोङ शानशान छन् । नोङ्फु स्प्रिङ नामक बोटल पानीका व्यापारीको कम्पनीको आईपीओ सेप्टेम्बरमा हङकङको सेयरबजारमा सूचीकृत भएको थियो ।

शानशन एसियाकै धनी : यसैबीच, भारतीय अर्बपति मुकेश अम्बानी र चिनियाँ अर्बपति ज्याक मालाई पछाडि पार्दै चीनकै झोङ शानशन एसियाकै धनी व्यक्ति बनेका छन् । शानशनसँग ७७ अर्ब ८० करोड डलर सम्पत्ति छ । उनी एसियाकै धनीमात्र नभई विश्वकै ११औं धनी समेत बनेका छन् । गत वर्ष ७० अर्ब ९० करोड सम्पत्ति भएका उनले कोरोना प्रकोपबीच थप सम्पत्ति जोड्न सफल भएका हुन् ।

शानशन खोप कम्पनी वान्ताई बायोलोजिकल फार्मेसी इन्टरप्राइज तथा बोतलको पानी बेच्ने कम्पनीका मालिक हुन् । उनले बेच्ने पानी नोङफु स्प्रिङ हो । यसले उनको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ । बोतलको पानी बेच्ने कम्पनीको सेयर १५५ प्रतिशतले बढ्नुका साथै खोप कम्पनीको सेयर २ हजार प्रतिशतले बढेपछि शानशनले अम्बानी र ज्याक मालाई पछाडि पारेको एजेन्सीहरुले जनाएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया