Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारनिसेको सूचीकरणबाट हटाउने घोषणापछि चिनियाँ कम्पनीको सेयर मूल्य ह्वात्तै घट्यो

निसेको सूचीकरणबाट हटाउने घोषणापछि चिनियाँ कम्पनीको सेयर मूल्य ह्वात्तै घट्यो


शंघाई ।
चीनका तीन ठूला दूरसञ्चार कम्पनीको सेयर मूल्य हङकङको सेयरबजारमा सोमबार पाँच प्रतिशतले घटेको छ । अमेरिकी सेयरबजार निसे (एनवाईएसई)ले सूचीकरणबाट हटाउने प्रक्रिया थालेको घोषणा गरेपछि त्यसको प्रभावस्वरुप चिनियाँ कम्पनीको सेयरबजारमा पहिरो गएको हो । यद्यपि पछि फेरि सेयर बढेको थियो ।

निसेले बिहीबार चाइना मोबाइल लिमिटेड, चाइना टेलिकम कर्प लिमिटेड र चाइना युनिकर्न हङकङ लिमिटेडलाई सूचीकरणबाट हटाउने प्रक्रिया थालेको बताएको थियो । नोभेम्बरमा अमेरिकी सरकारले ३१ वटा चिनियाँ कम्पनीमाथि चीनको सेनाले स्वामित्व वा नियन्त्रणमा राखेको दाबी गर्दै त्यस्ता कम्पनीको लगानी प्रतिबन्धित गर्ने नीति लिएको थियो । यद्यपि चीनले भने अमेरिकी आरोपको कडा प्रतिवाद गर्दै आएको छ । यसविरुद्ध आवश्यक कदम चाल्ने उसले बताइसकेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले अमेरिकी कदम चिनियाँ कम्पनीलाई दबाउनतिर लक्षित रहेको बताए । उसले व्यापारिक मुद्दालाई अमेरिकाले राजनीतीकरण गरेको आरोप लगाउँदै अमेरिकी नियम विभेदकारी रहेको बताएको छ । चीनको धितोपत्र नियामक आयोगका अनुसार तीन कम्पनीको बजार मूल्य २० अर्ब युआन अर्थात् ३ अर्ब अमेरिकी डलर रहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया