एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !

वेइजिड. ।
अलिबाबाका संस्थापक ज्याक मा विगत दुई महिनायता सार्वजनिक रुपमा देखिएका छैनन् । यो क्रममा उनले एउटा टिभी शोमा निर्णायकको रुपमा काम गर्नुपर्नेमा त्यसमा पनि नदेखिएपछि सामाजिक सञ्जालमा उनी कहाँ छन् भन्नेबारे अड्कलबाजी सुरु भएको छ ।
चिनियाँ नियामकीय निकायबाट अलिबाबाविरुद्ध अनुसन्धान सुरु भएका खबरहरु केही दिनअघि सार्वजनिक भएका थिए । ज्याक अक्टोवरको अन्त्यतिर शांघाईको एउटा फोरममा सार्वजनिक रुपमा देखिएका थिए । जहाँ उनले भाषण गर्दै चीनको नियामकीय प्रणालीको खुलेर आलोचना गरेका थिए । त्योसँगै सरकारी अधिकारीसँग उनको तनाव बढेको थियो भने अलिबाबाकै एन्ट ग्रुप फिनटेकको ३७ अर्ब अमेरिकी डलरको आईपीओ समेत निलम्बनमा परेको थियो ।
मालाई नोभेम्बरमा उद्यमीहरुका लागि गेम शो ‘अफ्रिकाज बिजनेस हिरोज’को अन्तिम शृंखलामा निर्णायकबाट प्रतिस्थापन गरिएको गत शुक्रबार द फाइनान्सियल टाइम्सले जनाएको थियो । यसबारे रोयटर्सले अलिबाबाका प्रवक्तासँग प्रतिक्रिया माग्दा सोमबार त्यो परिवर्तन समय नमिलेका कारण भएको उनले बताएका थिए ।
तर माको अनुपस्थितिमा सामाजिक सञ्जाल ट्विटरमा भने अनेक अड्कलबाजी सुरु भएको छ । ट्विटर चीनमा चल्दैन । चिनियाँ सामाजिक सञ्जालमा भने यसबारे कुनै विषयवस्तु वा चासो नबनेको बताइएको छ । यसै पनि चीनमा यस्ता विषयवस्तु प्रकाशन प्रसारणमा निषेध गरिन्छ । अक्टोबरको भाषणपछि चिनियाँ नियामकहरुले माविरुद्ध शून्य सहनशीलताको नीति लिएको बताइएको छ । त्यसलगत्तै सरकारी अधिकारीहरुले अलिबाबाको व्यवसाय शैली प्रतिस्पर्धाविरोधी भएको आरोपमा अनुसन्धान सुरु गरेको घोषणा गरेका थिए ।
ताजा अपडेट
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
- मार्च १ देखि भारतमा दोस्रो चरणको खोप अभियान
- हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
- हरेक चारदेखि पाँच हप्तामा एप्पलले खरिद गर्छ कम्पनी
- पेट्रोलियम पदार्थको राजनीतीकरण एवं सुरक्षा
- समृद्धिका लागि युवाशक्तिको सही परिचालन
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया