टेस्ला भारत आउने पक्का बेंग्लोरमा दर्ता भयो कम्पनी

नयाँ दिल्ली ।
विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्ला भारतीय बजार प्रवेश गर्ने पक्का भएको छ । भारतमा टेस्लाले कम्पनी दर्ता गरेसँगै अर्बपति एलन मस्कको कम्पनी भारत आउने निश्चित भएको बीबीसीले जनाएको छ ।
टेस्ला मोटर इन्डिया एण्ड इनर्जी प्राइभेट लिमिटेड गत हप्ता बेंग्लोरस्थित कम्पनी दर्ता कार्यालयमा दर्ता भएको हो । टेस्लाका प्रमुख कार्यकारी मस्कले गत अक्टोबरमै ट्विट गर्दै भारत आउने बताएका थिए । भारतीय यातायातमन्त्री नितिन गडकरीले गत महिना स्थानीय मिडियासँगको कुराकानीमा टेस्लाले कार बिक्रीसँगै असेम्बल र उत्पादनको काम समेत यही वर्ष सुरु गर्ने बताएका थिए ।
यद्यपि टेस्लाको योजनाबारे स्पष्ट नभएको सरकारी अधिकारीले बताएका छन् । कर्णाटक राज्यका उद्योगमन्त्री जगदीश शेटरले टेस्ला दर्ता भए पनि यसले गर्ने कामबारे स्पष्ट नभएको टाइम्स अफ इन्डियालाई बताएका छन् । बेंग्लोर भारतीय प्रविधि उद्योगको केन्द्र हो । धेरैजसो भारतीय प्रविधि कम्पनीहरुले आफ्नो मुख्यालय बेंग्लोरलाई नै बनाएका छन् । यसबाहेक अन्य बहुराष्ट्रिय कम्पनीले पनि बेंग्लोरमै कार्यालय खोलेका छन् ।
कम्पनी दर्ताको कागजातअनुसार तीन जना निर्देशकको नाम खुलेको छ । त्यसमध्ये टेस्लामा वरिष्ठ कार्यकारी रहेका डेभिड फेनस्टेन एउटा नाम हो । टेस्लाका संस्थापक मस्क भर्खरै विश्वकै धनी व्यक्ति बनेका थिए । उनीसँग १ सय ८५ अर्ब अमेरिकी डलर सम्पत्ति छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विद्युतीय सवारीसाधनको उत्पादन प्रवर्द्धन गर्दै देशको पेट्रोलियम निर्भरता र प्रदूषण घटाउने बताइरहँदा टेस्लाको भारत आगमन निश्चित भएको हो । तर चार्जिङ स्टेसन निर्माण र उत्पादनमा लगानीको कमीलाई यसको मुख्य समस्या मानिएको छ ।
यसबाहेक भारतीय कार उत्पादकहरुले समेत विद्युतीय कार उत्पादनमा तदारुकता देखाइरहेका छन् । भारतकै ठूलो कार उत्पादक टाटा मोटर्सले सुपथ मूल्यका विद्युतीय कार उत्पादन गर्दै छ भने महिन्द्रा र मारुतीले पनि आफ्नै भर्सनको कार यही वर्ष सार्वजनिक गर्दै छन् ।
ताजा अपडेट
- अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु-याउने प्रस्तावमा सहमति जुटेन
- भारतले यो वर्ष अहिलेसम्मकै धेरै परिमाणमा गहुँ र चामल उत्पादन गर्ने
- बंगलादेशलाई अतिकम विकसित देशबाट माथि लैजान राष्ट्रसंघीय समितिको सिफारिस
- भारतको ओमेगा सेइकीले बंगलादेशमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने
- ट्रेडमार्क संरक्षण गर्ने म्याड्रिड सिस्टममा जोडियो पाकिस्तान
- खानेपानी व्यवस्थापन तथा संरक्षणको महत्व
- सीप हातमा रोजगारी साथमा
- बजार परिसुचक २४ सय ७४ अंकमा
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया