ढाका उडानमा छ विदेशी हवाइ कम्पनीको चासो

ढाका ।
छवटा थप विदेशी हवाइ सेवाप्रदायकले बंगलादेशको राजधानी ढाका उडानमा चासो देखाएका छन् । यसमा गरुडा इन्डोनेसिया, कोरियन एयर, इरान एयर, इराकी एयरवेज र दुईवटा भारतीय विमान कम्पनीले चासो दिएको बंगलादेशी मिडियाले जनाएका छन् ।
उडान नियमन नीति, चलायमान बजार र उच्च नाफाका कारण विदेशी एयरलाइन्स कम्पनीले चासो देखाएको बताइएको छ । छमध्ये गरुडा, कोरियन, इराकी एयरवेजले बंगलादेशको सिभिल एभिएसन अथोरिटी अफ बंगलादेशमा आवेदन नै दिइसकेका छन् भने दुई भारतीय एयरलाइन्सले पनि चासो दिएका छन् ।
यसबाहेक पाकिस्तानी ध्वजावाहक पाकिस्तान इन्टरनेशनल एयरलाइन्सले पनि प्रत्यक्ष उडान पुनः सुरु गर्नेबारे विचार गरिरहेको छ । छ वर्षअघि पाकिस्तानी ध्वजावाहक जहाजले ढाका उडान गर्दै आएका थिए । त्यसअघि बेलायतको प्रतिष्ठित कम्पनी ब्रिटिस एयरवेजले पनि ११ वर्षपछि ढाका उडानका लागि सीएएबीमा आवेदन दिइसकेको छ । विदेशी कम्पनीले चासो दिएपछि बंगलादेशी नियामक सीएएबीले छलफल गर्ने भएको छ ।
ताजा अपडेट
- अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु-याउने प्रस्तावमा सहमति जुटेन
- भारतले यो वर्ष अहिलेसम्मकै धेरै परिमाणमा गहुँ र चामल उत्पादन गर्ने
- बंगलादेशलाई अतिकम विकसित देशबाट माथि लैजान राष्ट्रसंघीय समितिको सिफारिस
- भारतको ओमेगा सेइकीले बंगलादेशमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने
- ट्रेडमार्क संरक्षण गर्ने म्याड्रिड सिस्टममा जोडियो पाकिस्तान
- खानेपानी व्यवस्थापन तथा संरक्षणको महत्व
- सीप हातमा रोजगारी साथमा
- बजार परिसुचक २४ सय ७४ अंकमा
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया