Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियवेल्स फर्गोका प्रमुख कार्यकारीले खर्च कटौती योजना ल्याउने

वेल्स फर्गोका प्रमुख कार्यकारीले खर्च कटौती योजना ल्याउने


अमेरिका ।
अमेरिकी बहुराष्ट्रिय वाणिज्य सेवाप्रदायक कम्पनी वेल्स फर्गोले खर्च कटौतीको योजना ल्याउने भएको छ । कम्पनीका प्रमुख कार्यकारी चार्ली स्कार्फले लगानीकर्तालाई यही हप्ता योजनाबारे विस्तृतमा जानकारी गराउने भएका हुन् ।

रोयटर्सका अनुसार वालस्ट्रिले कम्पनीको नाफा ३८ प्रतिशतले घटेको तथ्यांक आगामी शुक्रबार सार्वजनिक गर्न सक्ने जनाएको छ । कोरोनाका कारण कम्पनीको नाफा घटेको हो । योजना महंगो हुने हो कि भनेर लगानीकर्ता भने चिन्तित रहेको बताइएको छ । अक्टोबरमा स्कार्फले रणनैतिक योजनाबारे कुरा निकाल्दा कम्पनीको सेयर ४५ प्रतिशतले बढेको थियो । सो क्रममा जेपीमोर्गान चेस एण्ड कम्पनी र बैंक अफ अमेरिका कर्पको भन्दा उक्त कम्पनीको सेयर वृद्धि राम्रो देखिएको थियो ।

सन् २०१६ को धोकाधडी काण्डपछि वेल्स फर्गोको व्यवस्थापनले रुपान्तरण गर्ने वाचा गरेको थियो । तर अहिले भने फरक अवस्था देखिएको विश्लेषकहरुले बताएका छन् । स्कार्फले अहिले मानिसहरुको कम्पनीप्रतिको धारणामा परिवर्तन ल्याएको बताइएको छ । स्कार्फले सन् २०१९ अक्टोबरबाटै परिवर्तनमा जोड दिएका थिए । यद्यपि प्रगति गर्ने समयसहितको परिवर्तनको विस्तृत रुपरेखा भने खुलाउन सकेका छैनन् ।



तपाईको प्रतिक्रिया