भारतमा ह्वाट्सएपविरुद्ध पहिलोपटक मुद्दा दर्ता

नयाँ दिल्ली ।
पछिल्लो परिवर्तित नीतिलाई लिएर भारतमा सामाजिक सञ्जाल कम्पनी ह्वाट्सएपविरुद्ध पहिलोपटक मुद्दा दायर भएको छ । भारतको सुरक्षालाई नजरअन्दाज गर्ने र प्रयोगकर्तामाथि निगरानी बढाउने गरी नीतिगत परिवर्तन भएको भन्दै बिहीबार अदालतमा मुद्दा दायर भएको बताइएको छ ।
ह्वाट्सएप फेसबुककै मातहतको कम्पनी हो । यसले फेसबुकमाथि अर्को दबाब परेको छ । क्यालिफोर्नियामा मुख्यालय भएको कम्पनीले गत जनवरी ४ मा केही तथ्यांक, ठेगान र फोन नम्बरहरु फेसबुक र यसका इन्स्टाग्राम र मेसेन्जरलाई नबाँड्ने गरी सञ्चित गरेको बताएको थियो । योसँगै सार्वजनिक तहमा ह्वाट्सएपको आलोचना बढेको बताइएको छ । भारतमा ह्वाट्सएप प्रयोगकर्ताको संख्या ४० करोडभन्दा बढी छ । यो परिवर्तनविरुद्ध टर्कीमा पनि मुद्दामामिला सुरु भइसकेको छ ।
भारतमा आक्रोशित प्रयोगकर्ताले ह्वाट्सएपको साटो सिग्नल र टेलिग्रामजस्ता एप प्रयोग गर्न थालेका छन् । गोप्यमामिलासम्बन्धी नागरिकको अधिकारको धज्जी उडाएको अदालतमा दायर रिटमा बताइएको छ । यसको सुनुवाइ दिल्ली उच्च अदालतमा शुक्रबार हुनेछ । ह्वाट्सएपले यसबारे केही धारणा सार्वजनिक गरेको छैन ।
ताजा अपडेट
- अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु-याउने प्रस्तावमा सहमति जुटेन
- भारतले यो वर्ष अहिलेसम्मकै धेरै परिमाणमा गहुँ र चामल उत्पादन गर्ने
- बंगलादेशलाई अतिकम विकसित देशबाट माथि लैजान राष्ट्रसंघीय समितिको सिफारिस
- भारतको ओमेगा सेइकीले बंगलादेशमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने
- ट्रेडमार्क संरक्षण गर्ने म्याड्रिड सिस्टममा जोडियो पाकिस्तान
- खानेपानी व्यवस्थापन तथा संरक्षणको महत्व
- सीप हातमा रोजगारी साथमा
- बजार परिसुचक २४ सय ७४ अंकमा
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया