‘भाग्यशाली’ सिक्का विमानमा फ्याँक्दा जरिवानामा परे यी मानिस
बेइजिड., पुस २०
पहिलोपटक विमानमा चढेका एक जना चिनियाँलाई जरिवाना तिराइएको छ । २८ वर्षीय ती व्यक्तिले भाग्यशाली सिक्का विमानको इन्जिनमा फ्याँकेका थिए । उनलाई १७ हजार २ सय अमेरिकी डलर जरिवाना तिराइएको बीबीसीले जनाएको छ । लक्की एयरको विमानमा यस्तो घटना भएको हो । विमान ग्राउन्डेड अवस्थामा रहेकोमा सिक्का इन्जिन नजिकै फेला परेको थियो । पक्राउ परेका व्यक्ति लु चाओ रहेको बताइएको छ । उनले आफूले सिक्का फ्याँकेको स्वीकारेका छन् ।
आन्तरिक उडानका क्रममा उनी सन् २०१९ फेब्रुअरीमा पूर्वी चीनको आन्क्विङ टियान्झसान विमानस्थलबाट जाँदै थिए । जुलाईमा उनलाई अदालतमा पेस गरिएको थियो । हाल आएर यसबारे सार्वजनिक भएको हो । विमान कर्मचारीले उक्त सिक्का देखेपछि उडान नै रद्द गर्नुपरेको थियो । त्यसपछि अर्कै विमानबाट यात्रुहरुलाई गन्तव्यमा पु-याइएको थियो । लुलाई प्रहरीले १० दिनसम्म हिरासतमा राखेको थियो । उक्त घटनाले आफूलाई १७ हजार ६ सय डलर घाटा परेको बताएको थियो । त्यसपछि अदालतले उनलाई जरिवाना तिराएको हो । लुले भने विमान कम्पनीले कसैलाई पनि उक्त कार्य नगर्न सचेत नगराएको आरोप लगाएका थिए । यस्ता घटना विश्वमा समय–समयमा हुने गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
- मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया