Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो


लन्डन ।
बेलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोनाभाइरसको दोस्रो लहर फैलिएपछि लकडाउन र कडा प्रतिबन्ध गरेको बेलायतमा अर्थतन्त्रमाथि नकारात्मक असर परेको हो ।

बेलायती तथ्याँक कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा देशको कूल गार्हस्थ्य उत्पादनमा व्यापक गिरावट आएर अघिल्लो महिनाभन्दा ०.६ प्रतिशतले कमी आएको जनाइएको छ । प्राप्त विवरणअनुसार बेलायती अर्थतन्त्रको आकार गत वर्ष सन् २०२० को फेब्रुअरीको तुलनामा ८.५ प्रतिशतले सानो भएको छ ।

कार्यालयले लगातार ६ महिनादेखि सामान्य वृद्धि देखिए पनि नोभेम्बर २०२० मा कूल गार्हस्थ्य उत्पादन २.६ प्रतिशतले घटेको जनाएको छ । नोभेम्बर महिनामा संयुक्त अधिराज्यका सबै चार देश बेलायत, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्ड –– मा लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएका थिए । बेलायतले अघिल्लो वर्ष मार्चदेखि जुनसम्म लगाएझैँ यसै महिना (जनवरी) को सुरुमा पनि कडा लकडाउन घोषणा गरेको थियो । (रासस–एएफपी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया