Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारहुन्डाईले रेलबाट नेपालमा कार निर्यात गर्ने, यी हुन् २ कारण

हुन्डाईले रेलबाट नेपालमा कार निर्यात गर्ने, यी हुन् २ कारण


नयाँ दिल्ली, माघ ३
भारतबाट नेपाल निर्यात हुने कारहरु हुन्डाईले रेलबाट पठाउने भएको छ । यसबारे रेलवे आफैँले एक ट्विट गर्दै तस्बिरहरु सेयर समेत गरेको छ । तस्बिरमा रेलवे कन्टेनरमा कार लोड भइरहेको देख्न सकिन्छ । ट्विटमा लेखिएको छ, ‘भारतीय रेलवे ले तमिलनाडुको वालाजाबादबाट उत्तरप्रदेशको नौतनवासम्म १ सय २५ वटा कार लोड गरेको हो । यी कारहरु नेपालसम्म पु-याइनेछ ।’

किन रेलबाट कार निर्यात ? २ कारण : हुन्डाईका अनुसार रेलवेबाट कार निर्यात गर्दा कम समय लाग्नेछ भने यसो गर्दा वातावरण मैत्री पनि हुनेछ । किनभने सडकबाट ट्रकमा कार पठाउनुपर्छ । यसबाट वातावरण प्रदूषण हुन्छ । तर रेलवेको अधिकांश रेल बिजुलीबाट चल्ने छन् । यसले प्रदूषण नहुने कम्पनीले बताएको छ । हुन्डाईले रेलवेबाट कार निर्यात गर्दा करिब २० हजार २ सय ६० टन कार्बन फुटप्रिन्ट कम हुनेछ ।

धेरै कार निर्यातक हो हुन्डाई : नेपालमा हुन्डाईका धेरै कार बिक्री हुने गरेको छ । भारतमा मात्रै हुन्डाईले करिब १४ प्रतिशत कार रेलवेबाटै ट्रान्सपोर्ट गर्छ । पानीजहाजबाट बाहिरी देशमा निर्यात गर्छ । भारतबाट सबैभन्दा धेरै कार हुन्डाईले नै निर्यात गर्छ । हुन्डाईको काार भारतबाट करिब ८८ देशमा निर्यात हुने गरेको छ ।

नयाँ आई२० पनि निर्यात : नयाँ आई२० हुन्डाईले केही महिनापहिले मात्रै सार्वजनिक गरेको थियो । यसको पनि निर्यात सुरु भएको कम्पनीले जनाएको छ । कम्पनीले पहिलो ब्याचमा १ सय ८० कार दक्षिण अफ्रिका, चिली र पेरुमा पठाएको छ । हुन्डाईले सन् २००७ देखि नै भारतबाट कार निर्यात गर्दै आएकोा छ । अहिले हुन्डाई सेन्ट्रो, ग्रान्ड आई१० नियोस, एक्सेन्ट, औरा, न्यु आई२० एक्टिभ, वरना, भेन्यु र क्रेटाजस्ता मोडल निर्यात गर्दै आएको छ । नवभारत टाइम्स


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया