चीनको खानीमा फसेका श्रमिक छ दिनपछि जीवितै रहेको संकेत भेटियो

वेइजिङ ।
पूर्वी चीनको भूमिगत खानीमा जनवरी १० मा फसेका २२ श्रमिक खानीभित्र जीवित नै रहेकोे लक्षण भेटिएको उद्धारकर्ताहरूलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । खानी भत्किएर पुरिएका उनीहरू एक हप्ता पछि खानीमा जीवित रहेका लक्षणहरू फेला परेका आइतबार उद्धारकर्ताहरूले बताएका हुन् । उनीहरूको उद्धारका लागि थप प्रयासहरू सुरु भएका चिनियाँ अधिकारीले बताएका छन् ।
खानीमा विस्फोट हुँदा बाहिर निस्किने भ-याङ भत्किएका कारण उनीहरू खानीभित्र फसेका हुन् । खानीभित्र रहेका ती मजदूरसँग सम्पर्क भने गर्न सकिएको छैन । जमिनभित्रबाट कसैले ढकढकाएको आवाज आएको उद्धारकर्मीहरूले बताएका तर यो आवाज श्रमिकको नै हो भन्ने पुष्टि भने नभएको बताइएको छ ।
चीनको पूर्वी प्रान्त शान्दोङको किसिया सहर नजिकै रहेको सुन खानीमा रहेका उनीहरूलाई जीवितै उद्धार गर्ने आशा क्षीण बनेको समय उनीहरूमध्ये कोही जीवितै रहेको लक्षण भेटिएको खबरले श्रमिकका परिवार र आफन्तमा उनीहरू जीवित हुने आशा पलाएको छ । आइतबार दिउँसो उद्धारकर्मीहरूले खानीमा ‘ड्रिल’ गर्ने क्रममा ‘ढकढक्याइरहेका आवाजहरू’ सुनिएका सिन्ह्वा समाचार एजेन्सीले समाचारमा लेखेको छ । यद्यपि यसलाई पुष्टिकरणको आवश्यकता रहेको समाचारमा उल्लेख छ ।
स्थानीय अधिकारीहरूले खानीमा खाद्यान्न र टेलिफोन लाइनहरू पठाउने योजना बनाएका छन् । शान्दोङ इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको स्वामित्वमा रहेको खानीमा दुर्घटना हुँदा श्रमिकले खानीलाई सुरक्षित पार्ने काम गरिरहेको बताइएको छ । विष्फोटनको विषयलाई लिएर खानीसँग जोडिएका दुई अधिकारीलाई बर्खास्त गरिएको छ ।
ताजा अपडेट
- अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु-याउने प्रस्तावमा सहमति जुटेन
- भारतले यो वर्ष अहिलेसम्मकै धेरै परिमाणमा गहुँ र चामल उत्पादन गर्ने
- बंगलादेशलाई अतिकम विकसित देशबाट माथि लैजान राष्ट्रसंघीय समितिको सिफारिस
- भारतको ओमेगा सेइकीले बंगलादेशमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने
- ट्रेडमार्क संरक्षण गर्ने म्याड्रिड सिस्टममा जोडियो पाकिस्तान
- खानेपानी व्यवस्थापन तथा संरक्षणको महत्व
- सीप हातमा रोजगारी साथमा
- बजार परिसुचक २४ सय ७४ अंकमा
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया