Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअर्बपति बिल गेट्ससँग २ लाख ४२ हजार एकड जमिन

अर्बपति बिल गेट्ससँग २ लाख ४२ हजार एकड जमिन


अमेरिका ।
चर्चित अर्बपति बिल गेट्स अमेरिकाकै ठूला जमिनदार रहेको एक अध्ययन रिपोर्टले जनाएको छ । द ल्यान्ड रिपोर्टअनुसार माइक्रोसफ्टका सीईओ समेत रहेका गेट्ससँग अमेरिकाका १८ राज्यमा २ लाख ४२ हजार एकड जमिन रहेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।

एक एकडमा ४३ हजार ५ सय ६० वर्गफिट र ४ हजार ४६ दशमलव ८६ वर्गमिटर जग्गा हुन्छ । फ्लोरिडा, वासिङटनजस्ता सहरमा उनले खेतीयोग्य जमिन जोडेका छन् । फोब्र्सका अनुसार गेट्ससँग १ खर्ब २१ अर्ब अमेरिकी डलरबराबर सम्पत्ति छ ।

उनको लुजियानामा ६९ लाख ७१ एकड, अर्कान्सासमा ४७ हजार ९ सय २७ एकड र नेब्रास्कामा २० हजार ५ सय ८८ एकड जमिन छ । त्यस्तै फोनिक्स, एरिजोनामा २५ हजार ७ सय ५० एकड ट्रान्जिसनल ल्यान्डमा समेत हिस्सेदारी छ । यसमा अफट फेमिलीको १ लाख ९० हजार एकड र स्टिवार्ट र लिन्डा रेस्निकको १ लाख ९० हजार एकड जमिन समावेश रहेको बताइएको छ ।

गेट्स दम्पती (बिल गेट्स र श्रीमती मेलिन्दा) सँग कुल २ लाख ६८ हजार ९ सय ८४ एकड जमिनको स्वामित्व रहेको छ । ल्यान्ड रिपोर्टका अनुसार यसमा रिक्रिएसनल ल्यान्ड १ हजार २ सय ३४ एकड र २५ हजार ७ सय ५० एकड ट्रान्जिसनल ल्यान्ड रहेको छ ।



तपाईको प्रतिक्रिया