बंगलादेश १५ वर्षपछि विश्वको २५औं ठूलो अर्थतन्त्र बन्ने
ढाका, पुस २१
बंगलादेशको अर्थतन्त्रले सन् २०२० देखि २०३४ सम्मको अवधिमा ठूलो फड्को मार्ने भएको छ । वल्र्ड इकोनोमिक लिग टेबल २०२० को तथ्यांकले यस्तो देखाएको हो । चालू वर्षमा विश्वका १ सय ९३ देशमध्ये बंगलादेश ४०औँ स्थानमा छ तर सन् २०३४ मा भने बंगलादेश २५औँ ठूलो अर्थतन्त्र बन्ने तथ्यांकमा उल्लेख छ । हाल उक्त स्थान बेल्जियमले लिएको छ । लन्डनमा मुख्य कार्यालय रहेको सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेस रिसर्च (सीईबीआर)ले उक्त तथ्यांक तयार गरेको हो । यो संस्थाले अन्तर्राष्ट्रिय आर्थिक अनुमान प्रक्षेपण गर्ने गर्छ ।
उक्त तथ्यांकअनुसार धेरै एसियाली अर्थतन्त्र माथि उठ्नेछन् । एसियाली देश फिलिपिन्स उक्त समयमा २५ ठूलो अर्थतन्त्र भएका देशको सूचीमा प्रवेश गर्नेछ भने सन् २०३४ मा उसको अर्थतन्त्र २२औँ ठूलो हुने अनुमान गरिएको छ । बंगलादेश अहिले न्यून मध्यआय भएको देशमा छ । जीडीपीको ५ हजार २८ डलर प्रतिव्यक्ति आय भएको बंगलादेशी अर्थतन्त्र चालू वर्ष राम्रो रहेको छ । आर्थिक वृद्धिदर यो वर्ष ७.८ प्रतिशत रहेको छ सन् २०१८ मा ७.९ प्रतिशत आर्थिक वृद्धिदर रहेको थियो । सन् २०१४ यता बंगलादेशको जनसंख्या वृद्धिदर प्रतिवर्ष १ प्रतिशतले वृद्धि भएको छ । यसको मतलब बंगलादेशको प्रतिव्यक्ति आय पनि पछिल्ला वर्षमा वृद्धि भइरहेको छ ।
गत वर्ष बंगलादेशको सरकारी ऋण जीडीपीको ३४.६ प्रतिशतले बढेको थियो । सन् २०१८ मा यस्तो दर ३४ प्रतिशत रहेको थियो । सन् २०२० र २०२५ को बीचमा बंगलादेशको आर्थिक वृद्धिदर ७.३ औसतमा रहने अनुमान गरिएको छ । यही गतिमा अर्थतन्त्र रहने हो भने २०३४ मा बंगलादेश २५औँ ठूलो अर्थतन्त्र बन्नेछ । एसियामा मलेसिया, बंगलादेश र फिलिपिन्सको आर्थिक वृद्धिदर द्रुतगतिमा बढेको देखिएको छ ।
दक्षिण एसियामा भारतले सन् २०१९ मा फ्रान्स र बेलायतजस्ता अर्थतन्त्रलाई उछिनेर पाँचौँ ठूलो अर्थतन्त्र बनेको छ । भारतले जर्मनीलाई पनि उछिनेर सन् २०२६ मा चौथो ठूलो अर्थतन्त्र बन्ने र जापान २०३४ सम्ममा तेस्रो ठूलो विश्व अर्थतन्त्र बन्ने तथ्यांकले देखाएको छ । उक्त अवधिमा पाकिस्तानको अर्थतन्त्र भने ४४औँबाट ५०औँमा पुग्ने अनुमान गरिएको छ । त्यस्तै माल्दिभ्स १४९औँबाट १४५औँ स्थानमा घट्नेछ ।
नेपाल ८८औँ स्थानमा :- यसैबीच, नेपालले पनि उक्त अवधिसम्म राम्रै फड्को मार्ने देखिएको छ । सन् २०३४ सम्ममा नेपाल १००औँ स्थानबाट ८८औँ स्थानमा स्थानोन्नति हुनेछ भने श्रीलंका ६७औँबाट ६२औँ, भुटान १ सय ६३औँबाट १ सय ६०औँ र अफगानिस्तान ११७औँबाट १०७औँ स्थानमा पुग्ने देखिएको छ । सन् २०२० मा पनि अमेरिका नै विश्वको ठूलो अर्थतन्त्र भएको देश रहिरहने अनुमान गरिएको छ तर सन् २०३३ मा भने चीनले अमेरिकालाई उछिन्ने अनुमान प्रक्षेपण गरिएको छ । सीईबीआरको ११औँ वार्षिक विश्व आर्थिक परिदृश्य प्रतिवेदनले यस्तो अनुमान गरेको हो । यसले फरक अर्थतन्त्र र परियोजनाहरुको हरेक १५ वर्षमा ट्रयाक गर्ने गर्छ । यसले मुख्य आधार तथ्यांक भने अन्तर्राष्ट्रिय मुद्राकोषबाट लिएको हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया