Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी कारखाना क्षेत्र १० वर्षयताकै सुस्त

अमेरिकी कारखाना क्षेत्र १० वर्षयताकै सुस्त


वासिङ्टन, पुस २१
डिसेम्बर महिनामा अमेरिकाको कारखाना क्षेत्र दशककै सुस्त भएको रिपोर्ट सार्वजनिक भएको छ । दि इन्स्टिच्युट फर सप्लाई मेनेजमेन्ट (आईएसएम)का अनुसार कारखाना क्षेत्रको गतिविधि घटेर ४७.२ विन्दुमा झरेको छ । नोभेम्बरमा यस्तो सूचक ४८.१ विन्दुमा रहेको थियो । यो सन् २००९ जुनयताकै तल्लो विन्दु हो । सूचक ५० भन्दा कम अंकमा हुनुलाई संकुचनको रुपमा लिइन्छ । डिसेम्बरको सूचक लगातार पाँचौँ संकुचन हो ।

सन् २०१९ को दोस्रो छ महिनामा यो क्षेत्रले निकै दबाब अनुभव गरेको बताइएको छ । अमेरिका र चीनले एकअर्काविरुद्ध कर थपेका कारण उक्त अवधिमा दबाब परेको बताइएको छ । गत महिनामात्रै दुवै देशले पहिलो चरणको व्यापार सम्झौताका लागि सहमति गरेका थिए । उक्त सम्झौतापत्रमा हस्ताक्षरपछि यस क्षेत्रलाई केही राहत हुने बताइएको छ ।

तर यो क्षेत्र सुस्ताउनुमा बोइङको म्याक्स जेटले पनि भूमिका खेलेको छ । कम्पनीले आफ्ना विमान सेवामा फर्किने सुनिश्चित नभएका कारण केही समयका लागि उत्पादन नै बन्द गर्ने बताएको छ । यसका बाबजुद अमेरिकी अर्थतन्त्र लयमा छ । विशेषगरी उपभोक्ता खर्च र बेरोजगारी दर सन्तुलनमै रहेको छ । यी दुवैले कुल आर्थिक गतिविधिको ७० प्रतिशत हिस्सा लिन्छन् । यसबाहेक हाउजिङ क्षेत्र सकारात्मक हुँदा निर्माण खर्च नोभेम्बरमा शून्य दशमलव छ प्रतिशतले बढेको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया