Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतले आफ्नै डिजिटल मुद्रा ल्याउने

भारतले आफ्नै डिजिटल मुद्रा ल्याउने


नयाँ दिल्ली ।
भारतले आफ्नै भर्चुअल मुद्रा ल्याउने भएको छ । यससम्बन्धी नयाँ कानुन ल्याउन तल्लो सदनमा विधेयक दर्ता गरेको एजेन्सीहरुले जनाएका छन् । बिटक्वाइनलगायतका विभिन्न क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउँदै भारतले आफ्नै भर्चुअल मुद्रा ल्याउनलागेको हो ।

उक्त मुद्रा भारतको केन्द्रीय बैंकले जारी गर्ने गरी सरकारले संसदमा छलफलको विषय बनाएको रोयटर्सले जनाएको छ । नयाँ कानुनले आधिकारिक डिजिटल मुद्रा निर्माण गर्ने फ्रेमवर्क तयार गर्नेछ । यससम्बन्धी विवरण भारतको तल्लो सदनले गत शुक्रबार आफ्नो वेबसाइटमै प्रकाशित गरिसकेको छ ।

उक्त विधेयक अब संसदमा छलफल हुनेछ । यसले भारतमा सबैखाले निजी क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरिएको छ । तर क्रिप्टोकरेन्सीको प्रविधि र यसको प्रयोगलाई भने केही छुटसम्बन्धी प्रावधान राखिएको बताइएको छ । सन् २०१९ को मध्यतिरै भारत सरकारको एउटा प्यानलले निजी क्रिप्टोकरेन्सीहरुमाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया