Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटचस्क्रिनमा समस्या देखिएपछि टेस्लाले अमेरिकामा कार फिर्ता गर्दै

टचस्क्रिनमा समस्या देखिएपछि टेस्लाले अमेरिकामा कार फिर्ता गर्दै


अमेरिका ।
टेस्लाले अमेरिकामा ठूलो परिमाणमा कारहरु फिर्ता लिने भएको छ । मोडल एस र मोडल एक्स कारहरुको टचस्क्रिनमा समस्या आएको र दुर्घटना बढाउनसक्ने भएकोले फिर्ता गर्नलागेको बीबीसीले जनाएको छ ।

जनवरीमा द नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनले टेस्लालाई कार फिर्ता गर्न पत्रमार्फत आग्रह गरेको थियो । त्यतिबेला टेस्लाले कुनै वास्ता नगरेको बताइएको छ । तर अहिले सन् २०१२ देखि २०१८ सम्म बनेका मोडल एस सेडान र सन् २०१६ देखि २०१८ सम्म बनेका मोडल एक्स एसयूभीका चालकहरुलाई अब के गर्ने भन्नेबारे टेस्लाले इमेल पठाएको छ । मिडिया कन्ट्रोल युनिट (एमसीयू)को मेमोरी चिपमा समस्या देखिएको हो ।

यसले सुरक्षा जोखिम बनाउनसक्नेछ । यसले पछाडिको क्यामरामा तस्बिर नआउने, हिटिङ कन्ट्रोल, एयर कन्डिसनिङ र डिफ्रोस्टिङमा समस्या हुनसक्नेछ । त्यस्तै ड्राइभ असिस्टेन्ट अटोपाइलट फिचरमा समेत समस्या हुने बताइएको छ । उक्त मोडलका कारहरु मार्चपछि फिर्ता गर्न सुरु हुनेछ । टेस्लामाथि १ लाख ५८ कारहरु फिर्ता गर्न माग भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया