दिल्लीका विद्यालय चाँडै पूर्ण क्षमतामा खुल्ने

भारत ।
भारतको राष्ट्रिय राजधानी नयाँ दिल्ली र वरपरका विद्यालयहरू पूर्ण क्षमतामा पुनः खोल्न सक्षम हुने आशा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् । निजी विद्यालयका प्रिन्सिपलहरू र व्यवस्थापन अधिकारीहरूसँग मङ्गलबार गरेको छलफलमा उनले कोभिड–१९ विरूद्धको खोपहरू लगाउन थालिसकिएको र यसले विद्यालयलाई पूर्ण क्षमतामा खोल्न सहयोग गर्ने विश्वास व्यक्त गरेका हुन् ।
केजरीवालले भने, ‘बच्चाहरू विद्यालय र कलेजमा फर्कन चाहन्छन् तर अभिभावक र शिक्षक चिन्तित छन् । महामारीविरूद्धको खोप आएको छ, हामी आशा गर्दछौं कि हामी छिट्टै विद्यालयलाई पूर्ण क्षमतामा खोल्न सक्षम हुनेछौँ ।’ यस वर्ष नर्सरी भर्नाको बारेमा कुरा गर्दै उनले भने, ‘हामी छिट्टै नर्सरीमा भर्ना प्रक्रिया सुरु गर्नेछौं र क्रमशः अन्य कक्षाहरू पनि पूर्ण तथा सहज सञ्चालनमा आउनेछन् ।’
कोभिड–१९ को महामारीको कारण मार्च २०२० देखि दिल्लीमा विद्यालयहरू बन्द भएका थिए भने लामो समयको पर्खाइपछि विद्यालयहरूले अनलाइन कक्षाहरू त सञ्चालनमा ल्याएका छन् तर यसले सम्पूर्ण विद्यार्थीलाई समेट्न नसकेको अभिभावक तथा विद्यालय सञ्चालकहरूको गुनासो रहेको छ ।
दिल्ली सरकारले आगामी बोर्ड परीक्षालाई ध्यानमा राख्दै जनवरी १८ देखि कक्षा १० र १२ को लागि विद्यालयहरू पुनः खोल्ने निर्णय गरेको छ यद्यपि बाँकी कक्षाका लागि, दिल्लीका विद्यालयहरू भर्चुअल मोडको माध्यमबाट पाठ्यक्रमलाई अघि बढाइरहेका छन् । ‘हाम्रो सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको छ ।
शिक्षा हामी सबैको लागि महत्वपूर्ण छ । सन् २०२० मार्चमा हाम्रो सरकारले शिक्षा क्षेत्रमा सबैभन्दा बढी रकम विनियोजन गरेको थियो’, केजरीवालले भने । कार्यक्रमपछि विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक र अन्य संकाय सदस्यहरूले अरविन्द केजरीवाललाई राष्ट्रिय राजधानीमा शिक्षा क्षेत्र सुधार गर्न गरेको प्रयासको लागि धन्यवाद दिएका राज्य सरकारले बताएको छ ।
दिल्लीका मुख्यमन्त्री कार्यालयले ट्विटरमा भनेको छ, ‘प्रिन्सिपल र शिक्षकहरूले सहरमा शिक्षाको अवस्था सुधार गर्न निरन्तर प्रयास गरिरहेकोमा दिल्ली सरकारलाई धन्यवाद दिएका छन् ।’ रासस/एएनआई
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया