अल्फाबेटको राजस्वमा परेन कोरोना महामारीको असर

अमेरिका ।
गुगलको मातृकम्पनी अल्फाबेटको राजस्व दोस्रो त्रैमासिकमा पनि बढेको छ । एजेन्सीहरुका अनुसार महामारीको बेवास्ता गर्दै विज्ञापनदाताले खर्च गरेपछि कम्पनीको आम्दानी बढेको हो । यात्रा र मनोरञ्जन क्षेत्रको विज्ञापन घटे पनि खुद्रा क्लाइन्ट र अन्यले विज्ञापनमा व्यापक खर्च गरेका कारण आम्दानी बढेको हो ।
गुगलको विज्ञापन व्यवसायमा युट्युबको ८१ प्रतिशत योगदान छ । अल्फाबेटको ५६ अर्ब ९० करोड अमेरिकी डलरको चौथो त्रैमासिक बिक्रीमा युट्युबको मात्रै उक्त योगदान रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा २३ प्रतिशत बढी हो ।
कम्पनीको क्लाउड युनिटले पनि व्यापक वृद्धिदर हासिल गरेको छ । गुगल क्लाउड बिक्री उक्त अवधिमा तीन अर्ब ८३ करोड डलर अर्थात् पूरै वर्षको १३ अर्ब १० करोड डलरको भएको छ । जुन सन् २०१९ को तुलनामा ४६ प्रतिशतले बढी हो । चौथो त्रैमासिकमा गुगल क्लाउडको सञ्चालन घाटा एक अर्ब २४ करोड अमेरिकी डलर छ । त्यस्तै २०२० मा पाँच अर्ब ६० करोड डलर छ । २०२० को उक्त घाटा अघिल्लो वर्षभन्दा २१ प्रतिशत अन्तरको हो ।
इन्टरनेट विज्ञापनबाट गुगलले गर्ने आम्दानी विश्वका कुनै पनि कम्पनीको तुलनामा धेरै हो । अल्फाबेटकाको त्रैमासिक नाफा ४३ प्रतिशतले बढेर १५ अर्ब २० करोड डलर पुगेको छ । यसको सेयर समेत छ प्रतिशतले बढेर दुई हजार ३६ अमेरिकी डलर प्रतिकित्ता पुगेको छ । यो वर्ष सेयर नौ दशमलव पाँच प्रतिशतले गुगलको सेयर बढेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया