Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएक्सोनले व्यहो-यो वर्षौंपछि पहिलो घाटा

एक्सोनले व्यहो-यो वर्षौंपछि पहिलो घाटा


अमेरिका ।
तेल कम्पनी एक्सोन मोबिलले वर्षौंपछि पहिलोपटक गत वर्ष व्यवसायमा घाटा व्यहोरेको छ । कोरोना महामारीको कारण कम्पनीले घाटा व्यहोरेको बीबीसीले जनाएको छ । कम्पनीले तेल सस्तो हुँदा २२ अर्ब ४० करोड अमेरिकी डलर घाटा व्यहोरेको हो ।

अमेरिकामा कच्चा तेल अत्यधिक सस्तो हुँदा मूल्य शून्यभन्दा तल पुगेको थियो । यसले कम्पनीलाई असर गरेको हो । सोही कारण कम्पनीले आफ्नो कार्यशक्ति समेत कटौती गर्नुपरेको थियो भने लगानी योजना पनि रद्द गर्नुपरेको थियो । यस्तै, अधिकारवादीहरुको दबाबका कारण कम्पनीले जलवायुमैत्री प्रविधिमा केन्द्रित हुने बताएको थियो । उसले प्रदूषण घटाउने गरी कार्बन उत्सर्जन नियन्त्रणमा केन्द्रित हुने व्यवसायको प्रवर्द्धन गर्ने बताएको थियो ।

कम्पनीले आगामी चार वर्षमा न्यून उत्सर्जन सोलुसनमा तीन अर्ब अमेरिकी डलर खर्च गर्ने बताएको छ । सन् २०१३ मा कम्पनी अमेरिकाकै उच्च मूल्यवान् सार्वजनिक कम्पनीको परिचय बनाउन सफल भएको थियो । त्यस्तै उसले सन् २०१९ मा १४ अर्ब डलरभन्दा धेरै वार्षिक नाफा कमाएको थियो । तर सन् २०२० मा तेलको माग र मूल्यमा कोभिड १९ संकटले असर गरेपछि कम्पनीको राजस्व ३० प्रतिशतले घटेर एक खर्ब ८१ अर्ब ५० करोड डलरमा झरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया