इन्जिनमा समस्या आएपछि १५ सय बढी थार गाडी फिर्ता गर्दै महिन्द्रा

नयाँ दिल्ली ।
भारतीय सवारीसाधन उत्पादन कम्पनी महिन्द्रा एन्ड महिन्द्रा (एमएण्डएम) ले १५ सयभन्दा बढी थार गाडी फिर्ता लिने भएको छ । टाइम्स अफ इन्डियाका अनुसार कम्पनीले बिहीबार १५ सय ७७ वटा एसयूभी थार इन्जिनमा समस्या देखिएको भन्दै फिर्ता गर्ने बताएको हो ।
मुम्बईमा रहेको कम्पनीले एउटा इन्जिन पार्ट केमशाफ्टमा समस्या देखिएको बताएको छ । यसको अनुसन्धान र प्रतिस्थापन गरिने कम्पनीले जनाएको छ । सन् २०२० को सेप्टेम्बर ७ देखि डिसेम्बर २५ सम्म उत्पादित डिजेल भेरिएन्टका थार गाडीको इन्जिनमा उक्त समस्या देखिएको हो । कम्पनीले शुल्क नलिई देखिएका समस्या समाधान गर्ने जनाएको छ ।
यसका लागि थार गाडी खरिदकर्तालाई व्यक्तिगत रुपमा सम्पर्क गर्ने कम्पनीको भनाइ छ । नयाँ भर्सनको थार गत वर्ष अक्टोबर २ मा सार्वजनिक गरिएको थियो । नयाँ मोडलमा दुईवटा ट्रिम्स एएक्स र एलएक्स पेट्रोल र डिजेल पावरट्रेन अप्सनमा रहेको छ । नयाँ थार सबै भेरिएन्टमा फोरह्विल ड्राइभ सेटअपमा रहेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- राष्ट्रिय सहकारी बैंकद्वारा संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँड
- भोकमरी लाग्ने चिन्तामा लेकाली भेगका नागरिक
- सातदोबाटोमा २१ वर्षपछि फेरियो राष्ट्रिय झण्डा
- २७ सय अंकबाट ओर्लियो सेयर बजार
- सुपारी आयात कोटा विवादित
- समसामयिक राजनीतिक व्यङ्ग्य
- भीडभाडमा रमाउँदै सरकार
- संविधानविपरीत जिल्ला समन्वय समितिलाई थप सक्रिय बनाउने सरकारी रणनीति
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- जघन्य अपराधमा राज्य उदासीन
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया