Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारनवप्रवेशी टेस्लालाई चीनमा कडाइ

नवप्रवेशी टेस्लालाई चीनमा कडाइ


बेइजिङ ।
भर्खरै शांघाईमा कार उत्पादन कारखाना नै स्थापना गरेर उत्पादन थालेको टेस्लामाथि सरकारी अधिकारीले उत्पादनको गुणस्तर र सुरक्षालगायतका विषयमा कडाइ गरेका छन् । टेस्लाले आफ्नो पछिल्लो मोडलका कार उत्पादन गरिरहेको छ । चीन टेस्लाको अमेरिकापछिकै सबैभन्दा ठूलो बजार हो । सन् २०२० मा मात्रै कम्पनीले एक लाख २० हजार युनिट कार बिक्री गरिसकेको छ । सरकारी अधिकारीहरुले कारको एक्सिलेरेसन र ब्याट्री फायर असामान्य देखिएको गुनासो आएको भन्दै कडाइ गरेको सोमबार जारी वक्तव्यमा उल्लेख भएको बीबीसीले जनाएको छ ।

यसबारे टेस्लाले आफैँ अनुगमन र व्यवस्थापन गरी समस्या समाधान गर्ने जनाएको छ । चीन विश्वकै ठूलो कार बजार हो । सरकारले पनि विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गरिरहेको छ । सोही कारण टेस्लाले चीनमै बनेका १५ हजार चार सय ८४ वटा सवावरीसाधन गत महिना बिक्री गरेको चाइना पेसेन्जर कार एसोसिएसनले जनाएको छ । तर अहिले चिनियाँ अधिकारीको कडाइपछि टेस्लालाई धक्का पुगेको छ ।

खासगरी आन्तरिक व्यवस्थापन, चिनियाँ कानुनको पालना र उपभोक्ताको अधिकारजस्ता विषयमा चीनले कडाइ गर्दा टेस्लालाई असहज भएको हो । टेस्ला शांघाईले सरकारी कार्यविधि स्वीकारेको र आवश्यक समस्या समाधानमा अग्रसरता देखाएको प्रतिक्रिया दिएको छ ।

अमेरिकामा पनि टेस्लाले गुणस्तरबारे गुनासो खेप्दै आएको छ । उसले भर्खरै टचस्क्रिनको समस्याका लागि भन्दै मोडेल एस र एक्सका कारहरु फिर्ता लिने बताएको छ । यी समस्या त छँदै छन्, टेस्लाले चीनकै कम्पनीहरुसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था सिर्जना भएको छ । नियो, लि अटो, एक्सपेंगलगायतका नयाँ कम्पनीहरुले पनि चीनमा विद्युतीय उत्पादन सुरु गरिरहेका छन् भने अरु धेरै कम्पनीले विद्युतीय कारहरु उत्पादन गर्दै आएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया