Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी विमान कम्पनीले उड्ने विद्युतीय ट्याक्सी खरिद गर्ने

अमेरिकी विमान कम्पनीले उड्ने विद्युतीय ट्याक्सी खरिद गर्ने


अमेरिका ।
एक अमेरिकी विमान सेवा प्रदायक कम्पनीले दुई सयवटा उड्ने ट्याक्सी खरिद गर्ने योजना बनाएको छ । युनाइटेड एयरलाइन्सले उक्त परिमाणमा विद्युतीय उड्ने ट्याक्सी खरिद गर्नलागेको बीबीसीले जनाएको छ । विमानस्थलभित्र उपयोग गर्ने गरी आगामी पाँच वर्षभित्र ट्याक्सी खरिद गर्ने कम्पनीको योजना छ । युनाइटेड एयरलाइन्स उड्ने ट्याक्सी खरिद गर्नलागेको अमेरिकाको मुख्यमध्ये एउटा ठूलो विमान कम्पनी हो । उड्ने ट्याक्सीकै लागि कम्पनीले उड्ने ट्याक्सी फर्म आर्करमा एक अर्ब १० करोड अमेरिकी लगानी गर्ने सम्झौता नै गरेको छ ।

उक्त एयरक्राफ्ट किन्नुअघि नियामकीय अनुमति आवश्यक पर्नेछ । कम्पनीले अमेरिकी क्षेत्रीय उडान कम्पनी मेसा एयरलाइनसँग मिलेर आर्करको विद्युतीय ट्याक्सी खरिद गर्नेछ । आर्कर स्टार्टअप कम्पनी हो । युनाइटेडसँगको सम्झौतासँगै कम्पनीले अमेरिकी सेयरबजारमा प्रवेश गर्नेछ । उक्त कम्पनीमा अन्य कम्पनीले पनि लगानी गरेका छन् । यसमा कार उत्पादक स्टेलेन्टिस पनि छ । यो कम्पनी फियाट क्राइस्लर र फ्रान्सको पीएसए ग्रुपबीच मर्जर भएपछि बनाइएको नयाँँ कम्पनी हो । युनाइटेड र मेसाले मुख्य विमानस्थलमा यी ट्याक्सीहरु प्रयोग गरिने जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया