Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारहाइटीमा थप मानवीय सहायताको खाँचो

हाइटीमा थप मानवीय सहायताको खाँचो


संयुक्त राष्ट्र संघ ।
संयुक्त राष्ट्र संघीय एक निकायले हाइटीमा गत वर्षको तुलनामा यसवर्ष खाद्यान्नका साथै अन्य मानवीय सहायता आवश्यकता निकै ठूलो मात्रामा बढेको जनाएको छ । उक्त समाचारमा जनाइएअनुसार यही फेब्रुअरी महिनामा नै यहाँ खाद्यान्नको अवाश्यकता परेका नागरिकको संख्या ४० लाखभन्दा पनि बढी रहेको देखिएको छ ।

संयुक्त राष्ट्र संघको मानवीय सहायतासम्बन्धी निकायले गरेको सो प्रक्षेपणअनुसार हाइटीमा खाद्यान्नलगायतको मानवीय सहायता अवश्यक रहेको जनसंख्या कम्तीमा पनि देशकै जनसंख्याको ४० प्रतिशत रहेको छ । यहाँको जनसंख्याकै कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई यसको अवश्यकता रहेकोले यसका लागि संयुक्त राष्ट्र संघका साथै अरु अन्तर्राष्ट्रिय संघसंस्थाले पनि सहायता दिनुपर्ने सो निकायले गत बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा देखाइएको छ ।

हाइटीमा राजनीतिक सङ्कट सुरु भएको थियो । यस सङ्कटका कारण धेरै ठूलो जनसंख्या खाद्यान्नलगायतको समस्या झेल्नुपरेको बताइएको थियो । त्यसयता यहाँका नागरिकले विभिन्न खालका सङ्कट झेल्दै आएका छन् । अहिले पनि हाइटीमा ठूलो सङ्कट बढ्दै गएको देखिएको छ । यहाँ अहिले पनि हिंसात्मक समूहले नागरिकको हत्या, अपहरण तथा लुटपाट गर्ने काम गरिरहेको पाइएको बताइएको छ ।

यहाँ दिन प्रतिदिन असुरक्षा बढ्दै गएको छ भने हिंसात्मक हमला पनि पछिल्लो समयमा निकै हुने गरेका छन् । कतिपय नागरिक यो हिंसाको चपेटमा परेर पनि न्यूनतम सहायता पनि पाउन सकिरहेका छैनन् । यसैले पनि यहाँ यस्तो सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसंघीय सहायतासम्बन्धी एजेन्सीले जानकारी दिएका छन् । ती एजेन्सीका अनुसार हाइटीको अहिलेको अवस्था हेर्दा असुरक्षा र खाद्यान्न अभावको अवस्था बढी देखिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया