Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारक्यानाडामा विदेशबाट आएका हवाइ यात्रुलाई होटल क्वारेन्टाइन अनिवार्य

क्यानाडामा विदेशबाट आएका हवाइ यात्रुलाई होटल क्वारेन्टाइन अनिवार्य


ओटावा ।
विमानमार्फत विदेशबाट आएकालाई होटल क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री जस्टीन ट्रुडोले यही फेब्रुअरी २२ देखि होटल क्वारेन्टाइन अनिवार्यसम्बन्धी व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुने शुक्रबार जानकारी दिए । कोरोना भाइरसबाट सङ्क्रमितको संख्या बढ्ने क्रम नरोकिएको र विदेशबाट आउनेहरुबाट धेरै जना सङ्क्रमित भएको देखिएकाले यस्तो व्यवस्था गरिएको उनले स्पष्ट पारे । विदेशबाट आउनेबाट नयाँ प्रकारको कोरोना भाइरस पनि धेरै जनालाई सरेको पाइएको अधिकारीले जानकारी दिएका छन् ।

“हामीले नागरिकलाई सुरक्षित राख्न अनेक उपायहरु अपनाइरहेका छौँ, त्यही सिलसिलामा अत्यावश्यकबाहेकका यात्रुलाई स्वदेश आउन नदिने र अत्यावश्यक परेर आएकालाई पनि कडा सतर्कता अपनाउन लगाउने व्यवस्था गरेका छौँ,” उनले भने । ओटावामा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ट्रुडोले महामारी न्यूनीकरणका लागि अरु पनि धेरै उपाय अपनाइएको जानकारी दिए ।

विदेशबाट आएकालाई विमानस्थलमै आफ्नै लगानीमा कोरोनाभाइरसको परीक्षण गर्न समेत क्यानाडा सरकारले निर्देशन दिएको छ । होटल क्वारेन्टाइनमा बसेकालाई कोरोना परीक्षण गरेको रिपोर्ट नआउदासम्म सरकारी अधिकारीको रोहबरमा तीन दिन होटलमै राख्ने व्यवस्था गरिएको छ । होटलको खर्च पनि व्यक्तिले नै तिर्नुपर्ने भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया