Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतद्वारा विश्व समुदायलाई दुई करोड २२ लाख खोप हस्तान्तरण

भारतद्वारा विश्व समुदायलाई दुई करोड २२ लाख खोप हस्तान्तरण


नयाँ दिल्ली ।
कोरोना भाइरसविरुद्धको खोप विकास गरेको भारतले विश्व समुदायलाई दुई करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेको छ । भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार भारतले विभिन्न देशलाई दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप प्रदान गरेको हो ।

“भारतले आजको मितिसम्म दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप विश्व समुदायलाई प्रदान गरेको छ,” विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने । उनका अनुसार विश्व समुदायलाई दिइएको कुल खोपमध्ये झण्डै ६४ लाख ७० हजार खोप निःशुल्क वितरण गरिएको हो भने एक करोड ६५ लाख खोप आर्थिक कारोबारसहित प्रदान गरिएको हो ।

माग गर्ने अन्य देशहरुलाई पनि आगामी दिनमा समेत खोप उपलब्ध गराउने भारतले योजना बनाएको प्रवक्ता श्रीवास्तवले जानकारी दिए । भारतले अफ्रिका, ल्याटिन अमेरिका र प्रशान्त द्विपलगायतका क्षेत्रका देशहरुलाई खोप प्रदान गर्न चाहेको उहाँको भनाइ छ । भारतमा कोरोना भाइरसको विरुद्धमा कोभिशिल्ड नाम खोप विकास गरी लगाउन थालिएको हो । यो खोप विश्वमा धेरै प्रयोग भएका खोपहरुमध्येमा पर्दछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया