उत्तर प्रदेशको सरकारद्वारा सर्वसाधारणद्वारा लकडाउन उल्लङ्घनका मुद्दा फिर्ता लिने

लखनउ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शनिबार राज्यमा आम जनताको विरुद्धमा कोभिड–१९ नियन्त्रण कानुन उल्लङ्घन गरेको मुद्दा फिर्ता लिने निर्देशन दिएका छन् ।
राज्य सरकारले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस कदमबाट उत्तर प्रदेश सरकार यस्तो आदेश जारी गर्ने देशको पहिलो राज्य भएको छ । यो कदमले राज्यका साढे दुई लाखभन्दा बढी जनतालाई ठूलो राहत प्रदान गर्नेछ ।’ यस कदमसँगै लाखौं सर्वसाधारणलाई उनीहरूको कोभिड–१९ प्रोटोकोल उल्लङ्घनका घटनाहरू अनुसन्धानका लागि भइरहेको अवस्थामा अदालत जानुपर्ने कठिनाइको पनि अन्त्य भएको छ ।
लकडाउन कानुनको धारा १८८ उल्लङ्घन गरेको आरोपमा राज्य भरका प्रहरी स्टेसनहरूमा दर्ता भएका यी मुद्दा फिर्ता लिने तयारी भइरहेको उत्तर प्रदेश सरकारले बताएको छ ।हालै जनवरी २८ मा सरकारले राज्यभरका व्यापारीहरूविरूद्ध तालाबन्दीको क्रममा मुद्दा दर्ता गराउन निर्देशन जारी गरेको थियो । यसपछि उत्तर प्रदेश कानुनमन्त्री बृजेश पाठकले अधिकारीलाई व्यापारीलाई मुद्दा हाल्ने मुद्दाको विवरण संकलन गर्न निर्देशन दिएका थिए ।
राज्य सरकारले प्रोटोकोल उल्लंघन मुद्दाहरूको कारण आम जनताले अनावश्यक समस्याहरूको सामना गर्नुपरेको ठहर पनि गरेको छ । सरकारको यस कदमले अदालतमा मुद्दाको बोझ कम गर्ने पनि विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
- बंगलादेशमा एकै दिन सयभन्दा बढी कोभिड–१९ संक्रमितको मृत्यु
- उदारीकरण र नेपालको अर्थतन्त्र
- धकेलिएको स्तरोन्नति
- घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा
- स्याङ्जाको करादीमा नेपाल टेलिकमको सेवा विस्तार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- जघन्य अपराधमा राज्य उदासीन
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया