Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोका–कोलाद्वारा कागजी बोटलको परीक्षण

कोका–कोलाद्वारा कागजी बोटलको परीक्षण


अमेरिका ।
विश्वचर्चित पेयपदार्थ उत्पादन गर्दै आएको कोका–कोलाले पहिलोपटक कागजको बोटलको परीक्षण गरेको छ । आगामी दिनमा प्लाष्टिकका बोटल प्रतिस्थापन गर्ने उद्देश्यअनुरुप कम्पनीले कागज बोटलको परीक्षण गरेको बीबीसीले जनाएको छ । काजग बोटलको प्रोटोटाइप डेनिश कम्पनीले बनाएको हो । काजगको बोटल भने पनि यसमा पातलो प्लाष्टिक लाइनरको प्रयोग हुनेछ ।

शतप्रतिशत पुनर्प्रयोग हुनसक्ने बोटल उत्पादन गर्ने कम्पनीको उद्देश्य छ । कार्बोनेटेट ड्रिन्क्सबाट ग्यास चुहावट रोक्ने प्लाष्टिकमुक्त बोटल बनाउन कम्पनी लागिपरेको छ । यस्तै लिक्विडमा फाइबर फ्लेकको चुहावट पनि रोक्नुपर्ने चुनौती छ । यदि नरोकिएमा पेयपदार्थको स्वादलाई बिगार्नेछ । त्यसो हुँदा स्वास्थ्य सुरक्षा जोखिम पनि बढाउनेछ ।

यसका बाबजुद कम्पनीले योजना अघि सार्दै सन् २०३० सम्ममा खेर जान नदिने गरी उत्पादनको लक्ष्य लिएको छ । गत वर्ष कोका–कोला प्लाष्टिक प्रदूषकमा पहिलो नम्बरमा परेको थियो । त्यसपछि पेप्सी र नेस्ले क्रमशः सूचीमा थिए । डेनिश फर्म पाबाकोले कागजको बोटल उत्पादन गर्न खोजिरहेको छ । अन्य कम्पनीहरु पनि प्लाष्टिकमुक्त बोटल विकास गर्न लागिपरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया