Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएप्पलसँग स्वचालित कार उत्पादनमा छलफलमा छैनौं : निसान

एप्पलसँग स्वचालित कार उत्पादनमा छलफलमा छैनौं : निसान


टोक्यो ।
निसान मोटर कम्पनी लिमिटेडले सोमबार एप्पलसँग मिलेर स्वचालित कार उत्पादन गर्नलागेको भन्ने रिपोर्टको खण्डन गरेको छ । कम्पनीले आईफोन उत्पादक कम्पनीसँग मिलेर स्वचालित कार उत्पादन गर्ने योजना बनाइरहेको भन्ने खबरको खण्डन गरेकोा हो । यसबारे फाइनान्सियल टाइम्सले निसान र एप्पलबीच छलफल भइरहेको समाचार प्रकाशित गरेको थियो । समाचारमा एप्पल ब्रान्डमा कार उत्पादन हुने उल्लेख गरिएको थियो ।

निसानका प्रवक्ताको भनाइ उद्धृत गर्दै रोयटर्सले भनेको छ, ‘हामी एप्पलसँग छलफलमा छैनौँ, यद्यपि निसान औद्योगिक रुपान्तरणका लागि कम्पनीहरुसँग साझेदारी गर्न सधैँ खुल्ला छ ।’ कम्पनीको उक्त स्पष्टीकरणसँगै सेयर मूल्य सोमबार ३.७ प्रतिशतले ओरालो लागेको थियो । यसअघि हुन्डाई र एप्पलले पनि स्वचालित विद्युतीय कार उत्पादन गर्नलागेका समाचार आए पनि पछि त्यो पनि यतिकै सकिएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया