Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारलगातार आठौँ महिना पनि बढ्यो पाकिस्तानको रेमिट्यान्स

लगातार आठौँ महिना पनि बढ्यो पाकिस्तानको रेमिट्यान्स


इस्लामाबाद ।
पाकिस्तानको विप्रेषण (रेमिट्यान्स) आप्रवाह लगातार आठौँ महिना पनि बढेको छ । पाकिस्तानको केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार रेमिट्यान्स आगमन २.३ अर्ब अमेरिकी डलर पुगको हो । यो जनवरीको तथ्यांक हो । जुन वर्षगत तुलनामा १९ प्रतिशतले बढी हो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बढ्दो रेमिट्यान्सप्रति खुसी व्यक्त गर्दै विदेशमा काम गर्ने पाकिस्तानीहरुलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा खानले खुसी व्यक्त गरेका हुन् । पछिल्लो समय औपचारिक माध्यमबाट पाकिस्तानीहरुले स्वदेशमा पैसा पठाउनथालेकाले पनि रेमिट्यान्स आगमन बढेको पाकिस्तानी मिडियाले जनाएका छन् । त्यस्तै सीमा वारपारको यात्रा कम भएको र विनिमय दर पनि उपयुक्त हुँदा रेमिट्यान्स बढेको बताइएको छ ।

केन्द्रीय बैंकका अनुसार जुलाईदेखि जनवरीसम्मको चालू आर्थिक वर्षको अवधिमा साउदी अरेबियाबाट साढे चार अर्ब अमेरिकी डलर, संयुक्त अरब इमिरेट्सबाट तीन अर्ब ४० करोड डलर, बेलायतबाट दुई अर्ब २० करोड डलर र अमेरिकाबाट एक अर्ब ४० करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया