Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारतमा पेट्रोल महँगिँदै, सुन सस्तिँदै

भारतमा पेट्रोल महँगिँदै, सुन सस्तिँदै


नयाँ दिल्ली ।
भारतमा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पेट्रोलको मूल्य लगातार नवौँ दिन बढ्ने क्रममा एक सय भारुभन्दा माथि पुगेको छ । भारतको राजस्थानमा बुधबार प्रतिलिटर पेट्रोलको एक सय भारु पुगेको थियो भने मध्यप्रदेशमा एक सय भारु प्रतिलिटर नजिक पुगेको हो । भारतमा अन्तर्राष्ट्रिय दरअनुसार इन्धनको मूल्य घटबढ हुन्छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्ववर्ती सरकारहरुले ऊर्जा आयातको निर्भरतामा ध्यान नदिएकाले अहिले समस्या आएको बताएका छन् । उनले पाँच वर्षमा तेल र ग्यासको पूर्वाधार निर्माणमा साढे सात लाख करोड भारु खर्च गर्ने योजना रहेको बतााएका छन् ।

भारतमा इन्धनको मूल्य आकाशिए पनि सुनको मूल्य भने घटेको छ । सर्राफ बजारमा बुधबार सुन सात सय १७ भारु घटेर ४६ हजार एक सय दुई भारु प्रति १० ग्राममा पुगेको छ । मंगलबार भने उक्त परिमाणको सुनको मूल्य ४६ हजार आठ सय १९ भारुमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि एक हजार दुई सय ७४ भारु घटेर प्रति एक किलोको ६८ हजार दुई सय ३९ भारुमा कारोबार भएको छ ।

अघिल्लो दिन ६९ हजार पाँच सय १३ भारु प्रतिकिलोमा कारोबार भएको थियो । सन् २०२० मा २८ प्रतिशतले सुन महंगिएको थियो । सन् २०१९ मा सुनको मूल्य वृद्धिदर दोब्बर अंकमा थियो । सन् २०२१ मा पनि सुन महंगिने अनुमान गरिएको छ । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया